मुस्ताङमा चौँरीको आलो रगत पिउने मेला सुरु

मुस्ताङमा चौरीको रगत पिउने मेला लागेको छ। हिमालमा रहेका खर्कमा चरेका चौँरीहरूले पाँचऔले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जटिबुटी खाने हुँदा त्यसको रगत सेवनले मानिसको पेटसम्बन्धी रोग निको हुने विश्वासले मानिसहरु चौरीको आलो रगत पिउने गर्छन्।

मुस्ताङको बोक्सी खोलामा चौँरीको रगत सेवनका लागि सोमबारदेखि मुस्ताङ, काठमाडौँ, कास्की, बाग्लुङ, पर्वतलगायतका मानिसहरुको घुइँचो लागेको छ। ‘पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,’ मुस्ताङका सुशीलबाबु थकालीले भने, ‘अहिले यसको महत्त्व र विषय पनि फेरिएको छ। मानिसकै लागि वर्षभरी काम गर्ने चौँरीहरुको रगत पनि मानिसकै जसरी झिक्यो भने चौँरीहरु स्वस्थ देखिन थाले, चौँरीको रगत सेवनले विभिन्न प्राणघातक रोगहरु निको हुने जनविश्वास पनि छ।’

चौरीको रगत पिउनका लागि देशका विभिन्न स्थानबाट मानिसहरु आएको थकालीको भनाइ छ। चौँरीको घाँटीमा छुरी हानेर रगत निकाल्ने गरिन्छ। रगत निकाल्नाले स्वास्थ्य हुने भएकाले वर्षमा दुई पटक चौरीको शरीरबाट रगत झिक्ने र मानिसले पिउने गरिएको छ। ‘यसरी रगत झिक्दा चौरी झनै स्वस्थ्य र तन्दुरुस्त हुने गर्दछ,’ धौलागिरी चौँरी समूहका गोविन्द शेरचनले भने। झन्डै एक दर्जन घरधुरी किसानका करिब एक हजारभन्दा बढी चौरीको रगत निकाल्न लागिएको छ।
यस वर्ष एक गिलास रगतको ३०० रुपैयाँ तोकिएको छ। एउटा चौँरीबाट १० देखि ४० गिलास रगत झिक्ने गरिन्छ। रगत निकाल्ने चौँरीको स्वास्थ्य जाँच गरिन्छ। हरेक दिन बिहान ७ देखि १२ बजेसम्म रगत खाने मेला लाग्छ। त्यसपछि दिनभरी तारो हान्ने खेल खेलाउने गरिएको छ। धौलागिरि चौरी पालक किसान समितिको आयोजना गरेको मेला एक सातासम्म चल्नेछ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo