चुनावी घोषणापत्रलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम बनाउन सरकारलाइ नेकपाको सुझाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी घोषणापत्रलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम बनाउन सरकारलाई सुझाव दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे शीर्ष नेताहरुसँग सुझाव मागेका थिए ।अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले पार्टीको घोषणापत्रअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।

बैठकमा बोल्ने अरु नेताहरुले भूमिसुधार कार्यक्रमलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।नेताहरुले सुशासन कायम हुन नसकेको भन्दै सरकारले गरेका काम र उपलब्धिको रक्षा र विस्तार गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo