जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय

नेपाली कांग्रेसको पदाधिकारी बैठकले जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ ।काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याउने निर्णय गरेको हो ।

सरकारको कार्यशैली र गलत कामको भन्डाफोर गर्दै जनताको घरदैलो पुग्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उनले सातओटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने बताए ।बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार र अनियमितता बढेको भन्दै सरकारको खबरदारी गर्ने निर्णय पनि गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo