शिक्षा विधेयक जबरजस्ती पास गर्नु सरकारको गैरजिम्मेवारपूर्ण रबैया हो – सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको १४ महिनामा कुनै उपलब्धि गर्न नसकेको बताएका छन् ।

आज देखि सुरु संसदको बजेट अधिवेशनअन्तर्गत पहिलो बैठकमा बोल्दै सभापति देउवाले सरकारले नागरिकको अपेक्षाअनुसार कुनै काम गर्न नसकेको दाबी गर्नुभयो । थप विदेशी लगानी भित्र्याउने सरकारको उपलब्धि शून्य छ ।देउवाले दिनानुदिन नागरिक मूल्यवृद्धिको मारमा परेका गुनासो गरे । उनले चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गर्नु सरकारको गैरजिम्मेवारपूर्ण रबैया भएको बताए।सरकार लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागेको बताए । उनले प्रेस स्वतन्त्रतामाथि हमला गरेर सरकाले नागरिक अधिकारमाथि अंकुश लगाउन खोजेको बताए। ’ देउवाले सरकार बनेको १४ महिनामा एउटा पनि देखाउनलायक काम नभएको जिकिर गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo