सरकारले आफूहरुलाई आन्दोलनका लागि बाध्य बनाइरहेको छ – अध्यक्ष मण्डल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सरकारले आफूहरुलाई आन्दोलनका लागि बाध्य बनाइरहेको बताएका छन् ।

संघीय संसदको चौथो अधिवेशनमा दलीय प्रतिनिधिका रुपमा शुभकामना मन्तव्य दिँदै नेता झाले यस्तो बताएका हुन् । नेता झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको प्रति आपत्ति जनाउँदै सरकारले यसअघिको अधिवेशनमा प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि प्रतिवद्धता पूरा नगरेको आरोप लगाए । उनले बारा–पर्साका हावाहुरी पीडितलाई सरकारले राहत र पुनःस्थापनाको व्यवस्था गर्न नसकेको भन्दै आलोचना गरे । झाले हावाहुरी पीडितको तत्काल उचित व्यवस्थापन गर्न माग गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo