बैशाख २२ लाई एन्फा दिवशका रुपमा मनाउने

अखिल नेपाल फुटबल संघ एन्फाले बैशाख २२ लाई एन्फा दिवशको रुपमा मनाउने भएको छ । संघको स्थापना दिनको सम्झनामा एन्फाले बैशाख २२ लाई एन्फा दिवश को रुपमा मनाउने निर्णय गरेको हो ।

‘एन्फाको स्थापना दिनको बिषयमा धेरै अन्यौलता रहदै आएको थियो । अब देखि बैशाख २२ लाई आधिकारिक स्थापना दिवसका अवसरमा मनाउने निर्णय भएको छ ।’ एन्फाका प्रवक्ता किरण राईले खेलपाटीसंग भने ।गत बर्ष बैशाख २२ गते एन्फाको नयाँ कार्यसमिति निर्वा्चित भएको थियो । सोही दिन कर्मा्छिरिङ शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति आएको थियो ।

एन्फाले आफ्नो स्थापना दिवसका अवसर विभिन्न ११ वटा विधामा फुटबलर तथा फुटबलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने जनाएको छ ।दिवसका अवसरमा एन्फाले पुरुष र महिला विधामा विशेष योगदान खेलाडी अवार्ड, बर्ष उत्कृष्ट प्रशिक्षक, बर्ष उत्कृष्ट जिल्ला, बर्ष उत्कृट फुटबल क्लब, अन्तराष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडी, महिला र पुरुषको उदयमान खेलाडी, महिला र पुरुषको बर्ष उत्कृष्ट रेफ्री तथा लाईभ टाईम एच्युभमेन्ट अवार्ड रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo