प्रदेश राजधानीका लागी धनकुटामा अभियान शुरु

धनकुटा ।  धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउनका लागी अभियान शुरु गरेको छ ।

१ नम्वर प्रदेश सभाले प्रदेशको नाम र राजधानीको लागी प्रस्ताव पेश गर्न बैसाख १९ गते सम्मको लागी आव्हन गरेपछि आज धनकुटा प्रादेशिक राजधानी अभियान परिचालन समितिले बैठक वसी आजै देखी अभियान शुरु गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले वताउनु भयो ।

धनकुटा प्रदादेशिक राजधानी परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा भएको बैठकले भोली बैसाख १७ गते धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सासंदहरुसंग छलफल गर्ने,बैसाख १८ गते कार्यक्रम गर्ने र १९ गते बृहत सदभावना ¥याली धनकुटामा आयोजना गर्ने घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष तथा पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजोश्वर वहादुर श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,उपाध्यक्ष तारा तितुङ्ग,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे ,धनकुटा प्रादेशिक राजधानी अभियान्तहरु सत्यनारायण श्रेष्ठ,सरोज श्रेष्ठ, बिजय घिमिरे,पत्रकार रमेशचन्द्र अधिकारी लगायतले धनकुटा सवै किसिमले उपयूक्त रहेकाले धनकुटालाई प्रादेशिक राजधानी बनाउन एक पटक सवै लाग्नु पर्ने वताउनु भयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष स्मीता निरौला, धनकुटका केन्द्रिय प्रतिनिधि बिनोद घिमिरे ,सचिव विदुर खवास,सहसचिव हरी वहादुर लम्जेल, पत्रकारहरु विकास घिमिरे,कविराज घिमिरे,कोकिला भण्डारी,धनकुटा प्रादेशिक राजधानी अभियान्तहरु कविता कन्दङवा,गिता खेवा लगायतले समेतले धनकुटालाई प्रादेशिक राजधानी बनाउन अभियान संचालन गर्नुका लागी सुझाव दिनु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo