आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।आज पुछारका दुई क्लब रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलोर र राजस्थानबीचको खेल बेलुका ८स्१५ मा सुरु हुनेछ ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।राजस्थान घरेलु टोलीविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ । प्ले अफ संभवाना जीवित राख्न राजस्थानको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ ।

राजस्थानले १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले बैंगलोरलाई पराजित गर्दै राजस्थान प्ले अफको सम्भावना जीवित राख्न चाहन्छ ।यता, घरेलु टोली राजस्थानलाई अंक तालिका सुधार गर्ने चाहन्छ । पुछारको बैंगलोरले १२ खेलबाट ८ अंक जोडेको छ ।बैंगलोर प्रतियोगिताबाट बाहिरिसकेको छ । बैंगलोरको झिनो गणितीय सम्भावना मात्र बाँकी रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo