नेपालभाषाको पत्रिका ‘थाय्भू’बारे विमर्श

काठमाडौ । वैशाख १९ गतेका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नेपालभाषाको वार्षिक पत्रिका ‘थाय्भू’बारे स्रष्टा भेटघाट तथा विमर्श कार्यक्रम आयोजना गरियो । नेपालभाषा साहित्यमा कलम चलाइरहेका नेवारी स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागको संयोजनमा भएको थियो ।

उक्त विभागद्वारा नियमित रुपमा प्रकाशित हुँदै आएको नेपालभाषाको वार्षिक पत्रिका ‘थाय्भू’लाई अर्धवार्षिक वा त्रैमासिक बनाउन नेपालभाषाका स्रष्टाहरूका तर्फबाट मोहनबहादुर कायस्थ र पुष्प चित्रकारले आग्रह गर्नुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान मातृभाषाका साहित्यको संवद्र्धनका निम्ति गम्भीरताका साथ लागेको बताउनुभयो । उहाँले मुलुकभित्र बोलिने सबै मातृभाषाप्रति प्रतिष्ठानको समान सम्मान र दायित्व रहेको भन्दै ‘थाय्भू’को नियमित ग्राहक बनेर सहयोग गर्न सम्बन्धित भाषाका स्रष्टाहरूलाई अनुरोध गर्नुभयो ।

उपकुलपति डा. जगमान गुरुङले संस्कृतिले अन्तरभाषी समुदायलाई एकै सूत्रमा जोड्ने बताउनुभयो । उहाँले आफ्नो भाषा, साहित्यको जगेर्नाका लागि नेपालभाषाका स्रष्टाहरू गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनुभयो ।

मातृभाषा साहित्य विभागका प्रमुख एवम् ‘थाय्भू’का प्रधानसम्पादक प्राज्ञ लक्ष्मी मालीले ‘थाय्भू’को ग्राहक बनेर सम्बन्धित भाषी सम्ुदायले सहयोग गरेमा पत्रिका अर्धवार्षिक हुँदै त्रैमासिक रूपमा प्रकाशित हुन सक्ने बताउनुभयो ।

प्राज्ञसभा सदस्य एवम् पत्रिकाका पूर्व कार्यकारी सम्पादक धु्रव मधिकर्मीले ‘थाय्भू’ नेपालभाषा साहित्यको श्रीवृद्धिकै निम्ति समर्पित रहेको हुँदा पत्रिकालाई अरु प्रभावकारी बनाउन सम्बन्धित लेखक÷साहित्यकारको रचनात्मक सहयोग अपरिहार्य हुने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo