राजधानी माग गर्दै धनकुटामा २१ बैशाखमा वृहत सदभावना -याली

धनकुटा । प्रदेश सभाका सम्पूर्ण ९३ जना सांसदहरुलाई प्रदेश नम्वर १ को राजधानी धनकुटालाई बनाउन अनुरोध गर्दै बैशाख २१ गते शनिबार धनकुटामा वृहत सदभावना -याली आयोजना गर्ने अभियान समितिको बैठकले निर्णय गरेको छ ।

-यालीमा धनकुटाका सवै उद्योगी व्यावासी र बजारवासीहरुलाई उपस्थितिको लागी धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिले आग्रह गर्नु भएको छ । उक्त सदभावना -याली धनकुटा राजधानी बनाउने अभियान अन्र्तगत ऐतिहासिक हुने भएकाले धनकुटका पहिचान र अस्तित्व स्थापनका गर्ने अभियानमा सहभागी भै धनकुटको लागी योगदान दिन सवै धनकुटेलीहरुको कर्तव्य भएकोले सवैलाई सहभागी हुन घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष अभियान्त विजय सन्तोषी राईले अनुरोध गर्नु भएको छ ।

प्रचारात्मक -याली पछि पत्रकार महासंघ धनकुटाको संचार हलमा धनकुटा प्रादेशिक राजधानी परिचालन समितिका संयोजक सुन्दर बाबु श्रेष्ठको अध्यक्षतमा भएको अन्र्तक्रिया कार्यक्रमम धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,उपाध्यक्ष सिताराम श्रेष्ठ,मन कुमारी तितुङ्क, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष विजय सन्तोषी राई,अभियान्त बालान्द भुर्तेल ,सुजनभाई जोशी,नेपाल भूतपूर्व सैनिक संघ धनकुटका अध्यक्ष धन वहादुर खड्का,धनकुटा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष होम प्रसाद अधिकारी लगायतले धनकुटालाई राजधानी बनाउन प्रेश सभाका सांसदलाई आग्रह गर्दै अभियान सशक्त बनाउदै जानु पर्नेमा जोड दिनु भयो ।

सदभावना ¥यालीलाई व्यापक रुपमा सफल बनाउन विभिन्न किसिमका अभियान र प्रचारात्मक कार्यक्रमहरु सवैले संचालन गरीरहेको र ¥यालीमा सहभागीताका लागी सवै धनकुटेलीहरुलाई हार्दिक अनुरोध गरिएको परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo