छथरजोपाटीमा आँखा स्वास्थ्य शिक्षा तथा संस्था परिचय अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको छथरजोपाटी गाउँपालिकामा स्वास्थ्य एक दिने आँखा स्वास्थ्य शिक्षा तथा संस्था परिचय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ डा राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको आयोजना तथा छथर जोरपाटी स्वास्थ्य शाखाको समन्वयमा भएको कार्यक्रममा सो गाउँपालिकाभरीका ३६ जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई आँखामा लाग्ने रोग तथा यसवाट वच्ने उपाय लगायतको वारेमा जानकारी गराईएको छ ।

गाउँपालिका प्रमुख शेर वहादुर लिम्वकुको प्रमुख आतिथ्य र स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेत्र सहायक डोलराज गुरुङ र अस्पताल व्यवस्थापक गंगा वहादुर खत्रीले गर्नुभएको थियो ।

स्वास्थ्य स्वयम्सेविकाहरु गाउँ गाउँमा सर्वसधारणहरुको नजिक हुने भएकोले उनीहरुको सहयोगवाट आँखाका विरामीहरु स्वास्थ्य संस्था तथा अस्पताल सम्म आउन सजह हुने अपेक्षाका साथ यो कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख डंगोलले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo