कुन राशिको लागि आजको दिन कति शुभ ? – हेर्नुहोस् ज्येष्ठ ४ गतेको राशिफल

आज श्री शाके १९४१ बि.स. २०७६ साल ज्येष्ठ ४ गते शनिबार इश्वी सन् २०१९ मे १८ तारीख वैशाख शुक्लपक्ष पूर्णिमा तिथी विशाखा नक्षत्र वरियान योग भद्रा, करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा अमृत योग सुर्य उत्तरायण ग्रीष्म ऋतु पूर्णिमा व्रत, गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा, कूर्म जयन्ती ,गोरखनाथ जयन्ती, किरातहरूको उभौली पर्व, वैशाखस्नान समाप्ति, बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा, स्वायाँ पुन्ही, घाँटुनाच समापन, रानीघाटमा बाघभैरव पर्व, ललितपुरको गोटिखेलस्थित वैतरणीधाम स्नान – ज्यो.पं. सरोज घिमिरे / धनकुटा खबर

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

जीवन साथीको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । गरीरहेको कार्यमा आलस्यताले कठिनाई तुल्याउनेछ । खानपानमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतिश्प्रदा मुलक कामकाजका क्षेत्रमा सजग रहनु होला । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ । स्वास्थको क्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तीहरुबाट धोका हुने योग रहेकोछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । आँट र शाहासको बृद्यि हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । पराक्रममा बृद्यि हुनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

साजेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । मानसीक चिन्ता रहन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । बाणिमा मधुरता छाउनेछ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चोट पटक तथा शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo