धनकुटाकी मृगौला पीडित सरिता राईलाई ‘धनकुटा खबर’को सहयोग, गरियो यस्तो अपील…

शर्मीला राई, धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालीका वडा नं ८ मुगाका नगेन्द्र राई की श्रीमतीको उपचारका लागि धनकुटा खवर अनलाईनले सहयोग गरेको छ ।

चिकित्सकले दुवै किड्नी ड्यामेज भएको छ भनेपछि विगत एक महिना अघिदेखी विराटनगरको नोवेल हस्पिटलमा भेण्टीलेटरमा राखी आफ्नी ३१ वर्षकी श्रीमती सरिता राईलाई उपचार गराई रहनुभएका नगेन्द्रले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत सहयोगका लागि अनुरोध गरेको देखेपछि धनकुटा खवर अनलाईनले नगद पाँच हजार सहयोग गरेको हो ।

नगेन्द्रले आफ्नो फेसवुक स्टाटसमा उल्लेख गर्नुभएको प्राईम बैंकको खाता नं ०४२०२५२४PS (Prime Commercial Bank Ltd)मा बैंकबाटै नगद पठाएर सहयोग गरेको धनकुटा खवर सञ्चालकद्वय विष्णु विक्रम निरौला र मोहन राई परदेशीले वताउनुभएको छ ।

विशेषत; समाजमा सूचना, सन्देश प्रवाह गर्दै आएको अनलाईन मिडिया धनकुटा खवर अनलाईन ले यस्ता समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । साथै अनलाईनले सकेसम्म सहयोग गर्नको लागि र यो खबर सक्दो शेयर गर्न पनि अपील गरेको छ ।

जिल्लाको पाख्रीवास नगरपालीका वडा नं ८ मुगाका नगेन्द्र राईले आफ्नो श्रीमतीको उपचारका लागि सहयोग गर्न अपील गर्नुभएको थियो । सरिताको उपचारका लागि अहिले सम्म दशौ लाख खर्च भईसकेको र अझै अपुग हुनेभएकोले सहयोगको अपील गर्नु परेको उल्लेख गर्नुभएको छ ।

नगेन्द्रका अनुसार उपचारमा संलग्न चिकित्सकले विरामीको स्वास्थ्यमा सुधार हुँदै आएको र अझै एक महिना वढी हस्पिटलमा राख्नुपर्ने वताएकाछन् । उहाँको यो अनुरोध पछि अन्य साथीहरुले पनि सहयोग गरिरहेको नगेन्द्रले वताउनुभएको छ ।

सहयोग गर्न ईच्छुकले नगेन्द्र राईको फोन न. 9808491533 मा सम्पर्क गर्न सक्नुहुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo