सहिद रामकृष्ण श्रेष्ठ धनकुटाको मात्र नभए देशकै गहना र गौरव

विजय राई,धनकुटा । सहिद रामकृष्ण श्रेष्ठ धनकुटाको मात्र नभएर देशकै गहना र गौरव भएको  धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानद्धारा आयोजि सहिद रामकृष्ण श्रेष्ठ परिचय विषयक वृहत कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले वताउनु भएको छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिका सहिद रामकृष्ण श्रेष्ठ धनकुटा नगपालिकाका भएता पनि उहा राष्ट्रकै गहना भएकोले उच्च सम्मान गर्दै साहसिक सहिद  श्रेष्ठको सालिक निर्माण तथा पार्क निर्माण लगायत विभिन्न कार्यक्रम गर्नका लागी नगरपालिकाले सहयोग गर्ने वताउनु भयो ।

धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सहिदहरुले देखाएको बाटो बाट हिडेमात्र सहिदको सम्मान हुने वताउनु भयो ।

प्रतिष्ठान धनकुटाका अध्यक्ष इश्वर अकेलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले साहसिक योद्धा रामकृष्ण श्रेष्ठले प्रजातन्त्रको लागी तत्कालिन राजा विरेन्द्र र उनका परिवार विराटनगर सवारी हुदा बह प्रहार गर्दा बम विस्फोटन भै मारिनु भएको उल्लेख गर्दै सहिद रामकृष्ण श्रेष्ठको योगदानको वारेमा जिवनी प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व सांसद गोपाल गुरागाई,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा वहुमुखी क्याम्पसका प्रध्यापक विश्व प्रकाश श्रेष्ठ, सहिद रामकृष्ण श्रेष्ठका कान्छा भाई तथा प्रतिष्ठानका संरक्षक बैकुण्ठ कृष्ण श्रेष्ठ,नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण गुरागाई लगायतले रामकृष्ण श्रेष्ठको उच्च सम्मान गर्न अव हरेक तहको सरकारले र विशेष गरी स्थानीय सरकार धनकुटा नगरपालिकाले सहयोग गर्नुृ पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य सहिद  श्रेष्ठ स्मृती प्रतिष्ठानका उपाध्यक्ष सत्यनारायण श्रेष्ठले व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव कृष्ण भागवत श्रेष्ठले गर्नु भएको थियो ।

सो अवसरमा धनकुटाका नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग ,धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की ले सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटका अध्यक्ष इश्वर अकेला ,उपाध्यक्ष सत्य नारायण श्रेष्ठ , सचिव कृष्ण भागवत श्रेष्ठ,कोषाध्यक्ष मुन्नी श्रेष्ठ र सदस्यहरु लक्ष्मी प्रसाद श्रेष्ठ,सिता दाहाल,रोशनराज अमात्य,सावित्रि श्रेष्ठ,भागवत कृष्ण श्रेष्ठ र प्रमुख संरक्षक सहिद राकृष्ण श्रेष्ठका भाई बैकुण्ठ कृष्ण श्रेष्ठलाई टिका तथा अविर लगाई दिई बधाई ज्ञापन गर्नु भएको थियो ।
धनकुटाका रामकृष्ण श्रेष्ठले तत्कालिन राजा विरेन्द्र र उनका परिवार विराटनगर सवारी हुदा २०३० साल चैत्र ३ गते विराटनगरको अस्पताल रोडमा वह प्रहार गर्दा बम विस्फाटन भै मारिनु भएकाले उनलाई २०६४ साल माघ ३ गते तत्कालिद शेर वहादुर देउवाको सरकारले सहिद घोषणा गरेको थियो । उनको नाममा अस्ती साउन ६ गते मात्र धनकुटा जिल्ला प्रशासन कार्यालयमा सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान नामक संस्था दर्ता गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo