धनकुटामा धान रोपाई धमाधम, ६० प्रतिशत रोपाई सकियो

विकास घिमिरे/धनकुटा खबर । धनकुटामा आकासे पानीको भरमा खेति हुने स्थानमा धमाधम रोपाई भई रहेको छ । यो बर्ष बर्षा पछि भएकोले रोपाई गर्ने सिजन असारमा आसातित रोपाई नभएकोले साउनको तस्रो साता मा पनि किसान धान रोपाई मा व्यास्त छन् ।

आकासे पानीको भरमा रोपाई हुने अधिकांश स्थानका खेतमा किसानले समय मै व्याड राख्न समेत नपाएकोले अहिले पनि असारे चटारो रहेको चौबिसेका कृषक जनक लिम्बुले बताए ।

समयमा बर्षा नभएकोले साउने धान उठाउने र असारे रोपाई गर्ने सिजन एकै पटक परेकोले कामदार समेत अभाव रहेको छथरजोरपाटी गाउँपालिकाका कृषक चन्द्रमान लिम्बुले बताए । उनले भने कामदार नहुदाँ खेती गर्न नै मुस्किल पर्न हुने गरेको छ ।

धनकुटामा ६० प्रतिशत रोपाइ सकि सकेको छ धनकुटाको बोधे, लेगुवा, बेलाहारा, मारेकटहरे, सान्ने, र जीतपुर लगाएतका स्थानमा धान उत्पादनका लागि कहलिएका स्थान हुन ।

यी क्षेत्रमा स्थानिय र उन्नत लगायतका जातको धान खेति गरिदै आएको छ । धानले धनकुटाको कुल खाद्यान्नमा ४० प्रतिशत योगदान पु¥याउँदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo