कुकुरको आहाराका लागि विदेश निर्यात छुर्पिको बजार गुम्ने जोखिम

धनकुटा खबर । घरेलु प्रविधिबाट उत्पादित छुर्पिको गुणस्तरियतामा परिक्षण नहुदाँ नेपाली छुर्पिको बिदेशी बजार गुम्ने जोखिम बढेको छ । कुकुरको आहाराका लागि विदेश निर्यात हुदै आएका प्रदेश नम्वर १ का पहाडी जिल्लामा उत्पादित छुर्पिको गुणस्तरमाथि प्रश्न उठेको छ ।

धनकुटा, इलाम, तेह्रथुम र संखुवासभा लगायत प्रदेश नम्वर १ का पहाडी जिल्लामा तीन सयको हाराहारीमा घरेलु प्रविधिमा आधारित छुर्पि उद्योग छन् । यस्ता हरेक उद्योगले दैनिक १५ देखि दुईसय ५० किलोसम्म छुर्पि उत्पादन गर्छन् ।

उत्पादित ८० प्रतिशत छुर्पि घरपाुलुवा कुकुरको आहाराका लागि अमेरिका, जापान, ताइवान, कोरिया, क्यानडा लगायतका मुलुकमा निर्यात हुँदै आएको छ । तर यसरी उत्पादन हुने छुर्पीमा गुणस्तर कायम भए नभएको,जाँच नहुने भएकोले नेपाली छुर्पिको बिदेशी बजार गुम्ने जोखिम बढेको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलयका प्रमुख प्रमोद कोईरालाले बताउनु भयो ।

उनले छुर्पी बनाउदा धेरै कुरामा ध्यान दिनु पर्छ तर अहिले हाम्रोमा त्यसको व्यावस्था छैन् त्यसैल उत्पादनको परिक्षण र स्वस्थता समेत प्रमाणित नगरिएको भन्दै बिदेशी मुलुकले नेपाली छुर्पि लैजान आनाकानी गर्न थालेका छन् । छुर्पिको गुणस्तर परिक्षणका लागि ग्रामिण उत्पादकसँग ल्याव छैन ।

बिषय विज्ञ र प्राविधिक छैनन् । जसले गर्दा तेस्रो मुलुकका उपभोक्ताले खोजेजस्तो गुणस्तर दिन समस्या भएको छुर्पी उत्पादक काशीनाथ निरौला बताउछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo