किराया धनकेसर-अतम्बरी राई स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट बरिष्ठ पत्रकार राई सम्मानित हुने

काठमाडौ । किरात राई यायोक्खाले आफ्नो ३२औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा सफल, समुदाय र देसको लागि महत्त्वपूर्ण योगदान गर्ने किरात राइहरुलाइ सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यो बर्ष यायोक्खाबाट सम्मानित हुनेहरूमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ठुलेराई , यो बर्ष बिध्यावारिधी गर्नुहुनेहरु यायोक्खाका पुर्व अध्यक्ष / सह प्राध्यापक डा सुमायाराई , प्रा.डा. ध्यानेन्द्र बहादुरराई र डा. कृष्णबहादुर राइ रहेका छन ।

त्यस्तै यायोक्खा मातहत संचालित विभिन्न अक्षयकोषहरुबाट समुदायको लागि महत्वपूर्ण योग्दान गर्ने विभिन्न ब्याक्तिहरुलाइ पनि सम्मान / पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ , ३२औं स्थापना दिवसको अवसरमा किराया, मदनस्वरी राई स्मृति पुरस्कार २०७६ बाट ताम्रापत्र र नगद रु-१२०००/- सहित किराती संस्कृतिको लामो समय देखि खोजी अध्ययन अनुसन्धान र संरक्षण सम्बर्द्धनमा योगदान गर्दै आउनु भएका साथै “किरात इतिहास र संस्कृति” नामक अनुसन्धानमुलक पुस्तकका लेखक पर्खन बहादुरराइलाइ पुरस्कृत गरिने भएको छ ।

त्यस्तै यो बर्षको किराया-छत्र बिष्णु राई कृति सम्मान २०७६ द्वारा बितस राइको हिउँमाझि कृतिलाइ उत्कृष्ट कृति छनौट गर्दै ताम्रापत्र र नगद रु-११,०००/- सहित कृति सम्मान पुरस्कार प्रदान गरिने निर्णय भएको छ । गीत संगितको माध्यमबाट सामाजिक जागरण जगाउँदै किराती संस्कृतिको संरक्षण सम्बर्द्धनमा बिगत २ दसकदेखी योगदान गर्दै आउनुभएका गायक/संगितकार/सांस्कृतिक अभियन्ता राई नवीन लाई ताम्रापत्र र नगद रु-१५०००/- सहित किराया, सङ्गीत पुरस्कार २०७६, पत्रकारिताको माध्यमबाट बिगत ३ दसकदेखी योगदान गर्दै आउनु भएका संचारकर्मी संजय सन्तोषी राईलाई ताम्रापत्र र नगद रु-२५०००/- सहित किराया, धनकेसर-अतम्बरी राई स्मृति पत्रकारिता पुरस्कार २०७६, बिगत लामो समयदेखी भाषाको संरक्षण सम्बर्द्धनको लागि भाषिक पत्रकारिताको माध्यमबाट योग्दान गर्दै आउनु भएका तुवाचुङ पत्रीकाका सम्पादक, लेखक अ. शान्तिकुमारी राइ लाइ ताम्रापत्र र नगद रु -१०,०००/- सहित किराया, दुर्गादेबी-मोहन सिं राइ भाषिक पत्रकारिता पुरस्कार २०७६ र बिगत अढाइ दसकदेखी किरात राई जातिको बिबिध बिषयमा चलचित्र ( कथानक चलचित्र/बृत्तचित्र/म्युजिक भिडियो) निर्माण , निर्देशन गर्दै आउनुभएका चलचित्र निर्देशक/निर्माता/कथाकार / बरिस्ठ सिनेमाटोग्राफर युबराज_राई (बीरबहादुर) लाई ताम्रापत्र र नगद रु-१२०००/- सहित किराया, जागिरमान शुभाषी राई चलचित्र पुरस्कार २०७६ द्वारा पुरस्कृत गरिने भएको छ । त्यस्तै भाषाको संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउने किरात तिलुङ बुङाखिम र दुमि किरात राई फन्सिखिम राई रु १०/१० हजार सहित पुरिस्कृत गरिने छ !

त्यस्तै यायोक्खा मातहत स्थापित विभिन्न अक्षयकोषहरुमार्फत शैक्षिक छात्रवृत्ति/पुरस्कार बितरण, एकल महिला, अपंगाता भएका , असहाय किरात राइहरुलाइ सहयोग प्रदान गरिने भएको छ । किराया अध्यक्ष दिवस राइको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यी निर्णयको अलावा ३२औं स्थापना दिवसलाइ भब्य रुपमा सम्पन्न गर्ने निर्णय गर्नुका साथै सहभागिताको लागि सबैलाई आव्हान गरेको छ ।-जनक राईको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo