आज घट्यो सुनचाँदीको मुल्य !

भदौ २४,काठमाडौँ ।
सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मुल्य आज भने घटेको छ । आज सुनको मुल्य तोलामा ७ सय रुपैयाले घटेको हो । सोमबार प्रतितोला ७१ हजार ७ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मूल्य आज तोलामा ७१ हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय रुपैयामा कायम भएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ७० रुपैयामा कायम रहेको महासङ्घले जनाएको छ ।

साउन महीनाको शुरुवातदेखि नै नेपाली बजारमा सुनको मुल्य उकालो लागेको थियो । तर भदौ महिनाको अन्तिम सातातिर सुनको मुल्य घटिरहेको छ ।

साउन महीनामा मात्रै सुनको मूल्य करीब रु सात हजार ५०० ले वृद्धि भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo