संविधान दिवशलाई कालो दिनको रुपमा मनाउने

प्रदिप दास
दमक ,भाद्र २४ /
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघिय लिम्बूवान मञ्च, नेपालले पनि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने भएको छ । गत भाद्र २०, २१ र २२ गते धरानमा बसेको मञ्चको केन्द्रिय र प्रान्तीय बैठकका निर्णयहरु आज दमकमा सार्वजनिक गदै उपनिर्वाचन भाग लिने बताइएको हो ।

उपनिर्वाचनलाई परिणाममुखि बनाउन प्रान्तीय स्तरको उपनिर्वाचन परिचालन समिति समेत निर्माण गरिएको मञ्चका केन्द्रिय महासचिव शान्ता योङहाङले बताउनुभयो । उपनिर्वाचन परिचालन समितीको संयोजकमा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सदस्यहरुमा माननिय प्रदेश सदस्य तथा उपाध्यक्ष बिष्णु तुम्बाम्फे र उपाध्यक्ष चन्द्र खापुङ् रहनुभएको छ ।

उपनिर्वाचनमा लिम्बूवान र किरात खम्बुवानका रिक्त सबै क्षेत्रहरुमा संघिय राष्ट्रिय मञ्च ,संघिय लिम्बुवान मंच , संघिय खम्बुवान मञ्चले आन्दोलका रुपमा दापसहितको खुकुरी चुनाव चिह्नबाट सशतm रुपमा भाग लिने उपनिर्वाचन समिति संयोजक ज्ञान बहादुर गु्रुङले बताउनुभयो । यसका लागी सम्पूर्ण भात्रृ सङ्गठनहरुलाई क्रियाशिल बनाइने गुरुङले बताउनुभयो ।

यसैबिच आगामी असोज ३ गते हुने संविधान दिवशलाई भने कालो दिनको रुपमा मनाउने उहाले बताउनुभयो । उपनिर्वाचन भाग लिने निर्णय भए पनि संविधानमा आफुहरुको केही बुदाहरुमा असहमति रहेको गुरुङले तर्क गर्नुभयो ।

उहाले भन्नुभयो- संविधानका कतिपय बुदाहरु हामीलाई मान्य छैन, त्यसलाई शंसोधन गर्नुपर्छ ,यसपालि हामी कालो दिनको रुपमा मनाउँछौ ।”उहाले थप्नुभयो- पहिचानको मुद्धालाई गोलीले दबाएर ३ दलले जबरजस्ती संविधान जारी गरेको र ति पहिचान बिरोधी संिवंधान जलाएर हामी कालो दिनको रुपमा मनाउँछौ । “



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo