ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट गलह८याएर निकाल्ने मन्त्री यादवको चे’तावनी! भने,- पार्टी अब प्रचण्डले हाँक्नुहुन्छ

काठमाडौं, २४ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै बकबक गरे नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् ।

आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्,‘अब ज्ञानेन्द्रले धेरै बकबक नगरे हुन्छ । सिनो भैसकेको राजतन्त्र अब फर्कदैंन् ।’ पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको चेतावनी जायज रहेको पनि उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको बताए । त्यस्तै, मन्त्री यादवले आजमात्रै नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत मोतिहारी–अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटनलाइए ऐतिहासिक कदमको संज्ञा दिए । उनले यो उद्धघाटनसँगै नेपाललाई धेरै फाईदा भएको तर्क गरे ।

त्यसको असर आज पेट्रोलियम पदार्थको मुल्य घटेको पनि उनको तर्क छ । । अहिले मोतिहारी–अमलेखगन्ज आईपुगेको सुनाउँदै अब अअमलेखगन्ज–हेटौंडा हुँदै काठमाडौंसम्म आउने उनको भनाई छ।

त्यस्तै, उनले नेपालमा भारतविरोधी कुनैपनि गतिविधि नभएको जिकिर गरे । उनले भने,‘हामी भारतविरोधी कुनैपनि गतिविधि हुन पनि दिँदैनौं ।’ मुलुक यतिवेला चाडपर्वको मुखमा रहेकोले अब सरकारले बजार अनुगमन सुरु गर्नेपनि मन्त्रीको भनाई छ । उनले कालोबजारी र विचौलियालाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिए ।

फरक प्रसँगमा उनले वर्तमान ओली सफल कि असफल भन्नेरबारे आफूले कुनै प्रतिक्रिया नदिने बताईन् । उनले भने,‘सफल कि असफल भन्ने कुरा म भन्न सक्दिन् । यो त जनताले भन्ने कुरा हो ।’

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति सरकार र पार्टी सञ्चालनबारे सहमति हुने पनि उनको विश्वास छ । उनले भने,‘सरकार ओलीले र पार्टी प्रचण्डले चलाउने हो।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo