यसकारण बाहिरिएका रहेछन् ‘भद्रगोल’बाट पुराना कलाकार…

भदौ २४,काठमाडौं /
विगत ६ बर्ष देखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हाँस्यटेलिसिरियल भद्रगोलबाट सुरुवाती दिनदेखिनै देखिँदै आएका कलाकारहरु बाहिरिएका छन् । मिडिया हव एजेन्सी र नेपाल टेलिभिजनको सहकार्यमा निर्माण हुँदै आएको भद्रगोल केही समय बन्द भएपनि पुन सञ्चालनमा आएको छ। तर,पुराना र चर्चित अनुहारहरु भने देखिएका छैन ।

पछिल्लो समय भद्रगोललाई लेखन तथा निर्देशन दुवै बाटो अंगालेर अगाडि बढाइरहेका कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) किन पछि हटे भन्ने धेरैको चासोको बिषय बनेको छ यतिबेला।’ भद्रगोलका पुराना टिमले आफुहरुले समयमा पारिश्रमिक नपाएको र आफ्नै सृजना आफ्नो अधिकार नभएको भन्दै बाहिरिएका बताउँदै आएका छन् ।
मिडिया हब एजेन्सीका प्रबन्ध निर्देशक सोम धितालले एक अनलाइन टेलिभिजनमा कुरा गर्दै भद्रगोलका पुरानो टिम सँग काम गर्न अझैपनि तयार रहेको बताएका छन् ।

मिडिया हबका अनुसार युट्युवको कुरालाई लिएर भद्रगोल साच्चिकै भद्रगोल हुन पुगेको बुझ्न सकिन्छ । नियमित प्रसारण भइरहेको भद्रगोललाई जिग्रि , पाँडेले नयाँ युट्युब च्यानलबाट सार्वजनिक गर्न माग गरेको र मिडिया हबले आफ्नो र जेपेटि क्रियसन युट्युव च्यानल भन्दा बाहिर को युट्युबाट सार्वजनिक गर्ने कुरा अस्विकार गरेपछि विवाद बढेको हो” ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo