‘चपली हाइट ३’ मा स्वस्तिमा

काठमाडौं, भदौ २५ । व्यवसायिक सफल सिरिजका रुपमा रहेको ‘चपली हाइट’को तेस्रो सिक्वेलको मंगलबार राजधानीमा निर्माण घोषणा गरिएको छ।

निर्माता अर्जुन कुमारले फिल्म थ्रिलर जनरामा निर्माण गरिन लागेको बताए।

स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतीक श्रेष्ठको मुख्य भूमिका रहने बताइएको फिल्मलाई निकेश खड्काले निर्देशन गर्न लागेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

आकाश बरालको लेखन रहेको चपली हाइट ३ ले एक हत्याको घटनालाई रहस्यात्मक ढंगले प्रस्तुत गरिएको छ।

प्रहरी अनुसन्धानले उक्त घटनाको दोषी को हो भन्नेमा विभिन्न विरोधाभाष देखिँदैजान्छ।

फिल्म यसै बर्षको चैत महिनाभित्र रिलिज गरिने अर्जुनले बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo