नेकपाको सचिवालय बैठक भोली

२५ भदौ ,काठमाडौं ।
सत्तारुढ दल नेकपाले पार्टी सचिवालय बैठक बोलाएको छ । ९ भदौंमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठक त्यसयता बस्न सकेको थिएन । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली स्वदेश फर्केपछि सचिवालय बैठकको तयारी भएको हो ।

पार्टीका दुई अध्यक्षको लगातारका भेट र छलफलपछि बिहिबार सचिवालय बैठक बोलाएको हो । ९ भदौंमा ओली नहुँदा पनि प्रचण्डको अध्यक्षतमा पहिलो पटक नेकपा सचविालय बैठक बसेको थियो ।

ओलीले सिंगापुर भ्रमणमा जानु अगाडी ५ भदौंमा आफु नहुदा पनि सचिवालय बैठक बोलाउन र आवश्यक निर्णय लिनका लागि अध्यक्ष प्रचण्डलाई जिम्मा दिएका थिए । नेकपाभित्र पार्टी जिम्मा प्रचण्ड र सरकारको जिम्मा ओलीले लिने गरी कार्यविभाजन गर्न दबाब परिरहेका बेला अव ओलीले एकल कार्यकारी जिम्मा प्रचण्डलाई दिन्छन् ? दिदैनन् भन्ने नेकपाभित्र अहिले प्रतिक्षाको विषय बनेको छ ।

५ भदौंमा बसेको सचिवालय बैठकमा ओली नेपाल चर्काचर्की समेत परेको थियो । त्यो दिन देखि यी दुई नेताका बीचमा औपचारिक भेटघाट र कुराकानी समेत पनि भएको छैन ।

रोकिएको पार्टी संगठनात्मक एकताका विषयमा निर्णय लिनका लागि बिहिबार सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

नेकपाभित्र केन्द्रीय निकायका रुपमा लेखा, अनुशासन, निर्वाचन आयोग गठनका विषयमा निर्णय लिन बाँकी छ । महानगर कमिटि, प्रवास कमिटिहरुको एकताका काम पनि बाँकी छ । केन्द्रले टुंग्याउनु पर्ने राष्टिय प्रतिनिधी परिषद्को गठन गर्न बाँकी छ ।

पोलिटब्यूरो गठन लगायतका एजेण्डा पनि थाती नै छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo