साथीका कारण दुई नेपाली मलेसिया प्रहरीको फन्दामा

२५ भदौ ,चितवन ।
बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका दुई नेपाली मलेसिया प्रहरीको हिरासतमा पुगेका छन । पर्सा ठोरी गाँउपालिका वडा न ४ मिल चोकका ४० वर्षीय सुन बहादुर विक र अर्का एक नेपाली प्रहरी हिरासतमा परेको विकका छोरा रुद्र विकले बताए ।

एउटै कम्पनीमा कार्यरत सहकर्मिको कुटपीटबाट सुपरभाईजरको मृत्यु भएपछि विकसहित २ जना नेपालीलाई मलेसिया प्रहरीले पक्राउ गरेको रुद्र विकले बताए । अहिले उनका परिवार तनावमा परेका छन । उनिहरुले निर्दोष रहेकाले जतिसक्दो छिटो हिरासतमुक्त बनाई नेपाल झिकाईदिन सरकार, मेनपावर तथा सम्बन्धित सवैसँग आग्रह गरेका छन ।

विकसँगै झापाका ४० वर्षीय टंक प्रसाद गौतम पनि पक्राउ परेका छन । उनिहरु दुवै जना मलेसियामा सुरक्षागार्डका लागी गएका थिए ।
मलेसियाकै अर्का एक जना ईलिगल काम गर्दै आएका कामदारले तलब नदिएको भन्दै सुपरभाईजरलाई कुटेका थिए । उनले हेलमेट र मुक्का प्रहार गरेर कुटिएको २४ घण्टापछि सुपरभाईजरको मृत्यु भएको थियो । एक तारेखमा भएको घटनाबारे आफुले दुइ तारेखमा मात्रै थाहा पाएको रुद्रले बताए ।

घटनास्थलमा रहेको सिसि क्यामेरा फुटेज पनि निर्दोषीताको प्रमाण स्वरुप रहेको छोरा रुद्रको भनाई छ । फुटेजमा बुवाले झगडा गर्नेलाई छुट्याईरहेको निर्दोष रहेको देखिएकाले चाँडै छुटाउन सरोकारवाला पक्षसँग परिवारले आग्रह गरेका छन ।

एकैपटक पक्राउ परेका लोकल म्यानेजर सेप्टेम्बर ४ तारीकमा छुटे पनि विक र गौतम भने छुटेका छैनन् । विक र गौतम निर्दोष हुँदाहुँदै अनेक षड्यन्त्र गरी फसाउनसक्ने भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन । ३ वर्षअघि ईन्टरनेसनल मेनपावर रिक्युप्मेन्ट प्राली मार्फत मलेसिया गएका सुन बहादुर यहि कार्तिकमा घर फर्कने तयारीमा थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo