पशुपतिमा शंख फुक्नेले त्रा’स देखाएर बनाएको संविधान मान्दैनौं, आ’न्दोलनको आँधीबेहरी ल्याउँछौं

लक्ष्मण थारु, विद्रोही नेताको परिचय बनाउन सफल छन् । कैलालीको टीकापुरमा प्रहरी मारिने गरी भएको घटनाका अभियुक्तका रुपमा लामो समय जेल बसे । हाल जेलबाट छुटेका उनी विद्रोहको भाषा बोल्न छाडेका छैनन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानी

तपाईं के गर्दै हुनुहुन्छ ?
हामी आन्दोलनको तयारीमा जुटिरहेका छौं ।

तपाईंले नेपालको संविधानलाई स्वीकार्नुभएको छैन ?
यो संविधान थारु, मधेसी, मुस्लिम, एत्पीडित, दलित, अल्पसंख्यक र पीछडा वर्गको उत्थानका लागि बनेन । माननीय सांसद रेशम चौधरीहरुलाई जेलमा कोचेर बनाइएको संविधान हामी स्वीकार्न तयार छैनौं ।

तीन करोड नेपालीले त यो संविधानको अपनतो गरिसकेका छन् नि ?
यो देश बेच्ने, देशको ढुकुटी बेचेर खर्बपति बन्ने, सरकारी जग्गा बेच्ने, भ्रष्टाचार गर्नेहरुले बनाएको संविधान हामी मान्नेवाला छैनौं । यो संविधानका कतिपय धारामा थारु, दलित, मधेसी, अल्पसंख्यक समुदायको पहिचान गुम्ने गरी बनाइएकाले हामीलाई स्वकार्य छैन ।

यो संविधानलाई थारुहरुले बहिस्कार गरेको हो ?
अहिले होइन हामीले २०७२ साल जतिखेर हामीलाई झुठा मुद्दा, नचाहिँदा आरोपहरु लगाएर जेलमा कोचियो । अनसन्धानका नामा हामीलाई ४२ महिनासम्म जेलमा राखियो । त्यसबेला हामीले आपूmलाई लागेका कुरा बिरोध गर्न बोल्न पाएनौं । त्यसबेलामा पनि देशैभरी थारुहरुले यो संविधान हाम्रो पक्षमा बनेन भनेर विरोध जनाएको हो । ढिलै भए पनि हामी जनजाति, आदिवासी, मधेसी, थारु, मुस्लिमलगायत गोलबद्ध भएर असोजलाई ३ लाई कालो दिनको रुपमा मनाउने तयारीमा छौं ।

असोज ३ लाई सरकारले दीपावली मनाउने भनेको दशैभरी के भन्नुहुन्छ ?
यो देशका पशुपतिमा शंख फुक्नेहरुले हामीलाई डर, त्रास देखाएर भ्रममा पारेर, जेलमा कोचेर, बेकारको झुठा मुद्दा लगाएर, यो देशका पहिचानवादी भूमि पुत्रहरुलाई वाइपास गरेर बनाएको संविधान हो । त्यसमा भूमिपुत्रहरुका मुद्दाहरु समेटिएको छैन भन्दाभन्दै नौटंकी पाराले जुन संविधान घोषणा गरियो । त्यो हामीलाई स्वीकार्य छैन ।

यो संविधान त साझा दस्तावेज होइन र ? कतिपय मधेसवादी दलहरुले मानिसकेका छन् नि ?
संविधान सबैको साझा दस्तावेज हो । यसमा सबै जातजाति, भाषा, समुदायको भावना र मर्म जोडिनुपर्छ । तर, हामी यसका धारा १८, ३८, ४२, २७४, अनुसूचि ४ लाई हेर्न सक्छौं त्यसमा के उल्लेख भएको छ । यो संविधान बनाउन नेपालमा बसोबास गर्ने सबै वर्ग, समुदाय, जातजाति, आदिवासी, थारु, मधेसी, दलित, उत्पीडित, अल्पसंख्यलगायत नेपाली जनताको धेरै तगत र पसिना बगेको छ । तब मात्रै हामीले नयाँ संविधान लेख्न पायौं । संविधान बनाउँदा सबै वर्ग समुदायको प्रतिनिधित्व हुने गरी बनाउनुपर्छ । नेपालको नयाँ संविधान बनाउँदा समाजमा पैmलिएको सबैखाले द्वन्द्व व्यवस्थापन हुने गरी बनाउने कुरा थियो त्यसो गरिएन । यति धेरै जनसंख्या भएको थारुहरुको त्यसमा प्रतिनिधित्व भएको छैन । यो देशको मूल आदिवासी थारुलाई यो संविधानमा समेटिएको छैन । त्यसैले हामीलाई यो सविधान स्वीकार्य छैन । यो पुरै त्रुटीपूर्ण छ भन्न हामीले खोजेको होइन । अपुग भएको छ भनेका छौं हामीले । उपेन्द्र यादव संविधान संसोधन गर्छु भनेर सत्तामा जानुभयो आज दुईवर्ष भइसकेको छ खोइ संसोधन भएको ? सत्ताको आडमा डर, त्रास, धम्की दिएर संविधान मान्न लगाउने भएकाले हामी मान्न तयार छैनौं ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo