फोटो ग्यालेरी

लोप हुने अबस्थामा यस्ता पिङ्ग !

दशैंको अन्तिम दिन पाख्रीबास नगरपालिकाको वडा नं.६ स्थित एक गाउँमा काठको रोटेपिङ्ग र बाँसको लिङ्गे पिङ्ग खेल्दै महिला तथा बालबालिकाहरु । बैदेशिक रोजगारका कारण गाउँभरका यस्ता रोटेपिङ्ग मच्चाउने(हल्लाउने) यूवाहरुको कमी

गाडी पाईन्न- हरेक दशैंमा यस्तै देखिन्छ धनकुटाको हिलेबजार !

धनकुटाको ब्यपारीक केन्द्र हिले बजारमा दशैं मनाउन आ–आफ्नो गन्तब्य तर्फ जान सवारी पर्खंदै सर्वसाधारणहरु । हरेक बर्ष दशै अवधिमा धनकुटामा यातायातको कमी हुनेगरेको छ । तस्वीर : नारायण कुमार राई

बिजया दशमीमा शुनसान धनकुटा !

बिजया दशमीको दिन शुनसान देखिएको धनकुटा बजार । स्थानियलाई घरमा नै दशै मनाउने ब्यस्तता र अन्य प्रायः सबैजना आआफ्नो पुर्खेउली घर जाने भएकाले दशैमा हरेक बर्ष यसरी नै धनकुटा बार

हिले-भीरगाउँ-बिहिबारे रिङ्गरोड सडक सुधार गर्दै !

धनकुटाको हिले, भीरगाउँ, बिहिबारे रिङ्गरोड सडक खण्डको भीरगाउँ खण्डमा सडक सुधार गर्दै एक डोजर । आउन लागेको दशै तथा तिहारलाई लक्षित गरेर रिङ्गरोडको १८ किमि र धनपा २ नं. वडाका

धनकुटाको बजारमा बिक्रिकालागि राखिएका खसि-बोका

दशै सुरु भए संगै धनकुटामा पनि गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि आउनेको संख्या पनि ह्वात्तै बढेको छ । अन्य बेलामा भन्दा दशैमा

परिक्षणका लागि लगाईएको जापानी उन्सु जातको सुन्तला !

धनकुटा नगरपालिका वडा नं. १० को पारिपात्ले स्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले परिक्षणका लागि लगाएको लटरम्म फलेको जापानी उन्सु जातको सुन्तला । बिभिन्न २२ जातका सुन्तलाको अनुसन्धान गरिरहेको अनुसन्धानले

राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र जहाँ १३२ अमिलो जात फलफुलको अनुसन्धान गरिन्छ ! (फोटो फिचर)

धनकुटा नगरपालिका पारिपात्ले स्थित रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र । २० हेक्टरमा फैलिएको यस अनुसन्धान केन्द्रमा १३२ अमिलो जात फलफुलको अनुसन्धान गर्ने गरिन्छ । यद्यपी १३ जना प्रबिधिकहरुको दरबन्दिको

अक्कर भीरमा रमाएको जिन्दगी !

धनकुटा वडा नं.८ को याक्ते र सान्ताङ्ग गाउँको बीचमा रहेको एक बिकट भीरमा घाँस दाउरा गर्दै एक महिला-पुरुष । यस क्षेत्रका आदिवासी समुदाय अझैं पनि पारम्परिक कृषि पेशामा आवद्ध रहेका

हिलाम्मे सडक : कसैलाई सास्ती, कसैलाई मस्ती

धनकुटाको हिलेबाट सहिदभूमी गाउँपालिका जाने सडक खण्डको उत्तरपानी बजारको हिलाम्मे सडकमा कष्टपूर्ण तरिकाले सवारी चलाईदै । उक्त तस्वीर लिईरहंदा आनन्द मानिरहेका स्थानिय महिलाहरु तस्वीर : नारायण कुमार राई / धनकुटा

फोहोर मैला व्यवस्थापन केन्द्रमा बैठक बस्दै धनकुटाका कार्यालय प्रमुखहरु

धनकुटा जिल्लाका कार्यालय प्रमुखहरुको मासिक बैठक धनकुटा नगरपालिकाको फोहोर मैला व्यवस्थापन केन्द्रमा बस्दै कार्यालय प्रमुखहरु तस्विरः विदुर खवास / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo