काठमाडौंमा विवेकशीलका तीन उम्मेदवारको जमानत जफत, को को परे ?

काठमाडौं– काठमाडौंबाट प्रतिनिधिसभा सदस्यका लागि विवेकशील साझाबाट उम्मेदवार बनेका तीन जनाको जमानत जफत भएको छ।

निर्वाचन ऐन २०७४ अनुसार १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत गरीन्छ । प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ३, ४ र १० का उम्मेदवारको जमानत जफत भएको हो।

जमानत जफत हुनेमा कांग्रेस उम्मेदवार गगन थापासँग चुनाव लडेकी विवेकशील साझाकी सुबुना बस्नेत पनि छिन्। गगन थापाले २१ हजार ५ सय ५८ मत प्राप्त गर्दा सुबुनाले ३ हजार ४० मत प्राप्त गरेकी थिईन् ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर ३ का विवेकशीलकी उम्मेदवार सुमित्रा सिंह लामाको पनि जमानत जफत भएको छ।सिंहले उक्त क्षेत्रका विजयी उम्मेदवार नेकपा एमालेका कृष्णबहादुर राईले १९ हजार १ सय ६९ मत प्राप्त गर्दा सुमित्राले २२ सय ५ मत ल्याएकी छिन्।

जमानत जफत हुने अर्का उम्मेदवार हुन्, काठमाडौं क्षेत्र नम्बर १० का प्रदीप ढकाल। विवेकशीलका ढकालले जम्मा २ हजार ३ मत ल्याएका छन्। उक्त क्षेत्रका विजयी उम्मेदवार कांग्रेसका राजेन्द्र कुमार केसीले २४ हजार १ सय ९० मत ल्याएका छन्।-न्यूज२४

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo