समानुपातिकमा नेपाली काँग्रेस पहिलो पार्टी

दाङ, २७ मंसिर (रासस) ः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ ।

तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा विजयी हुनुका साथै समानुपातिकतर्फ जिल्लामा पहिलो पार्टी भएको छ । मंगलबार राति सकिएको मत गणनाको परिणामअनुसार प्रतिनिधिसभातर्फ दाङमा नेपाली काँग्रेसलाई ७३ हजार ९९३ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजय कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रोमा रहेको नेकपा (एमाले)ले ७३ हजार ११ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ४३ हजार १९५ मत मात्रै प्राप्त भएको प्रमुख कार्कीले बताउनुभयो । त्यस्तै, प्रदेशसभा सदस्यमा काँग्रेसले ६९ हजार ६५, एमालेले ६५ हजार १६७ र माओवादी केन्द्रले ४६ हजार ८१७ मत प्राप्त गरेका छन् । जिल्लामा समानुपातिकतर्फ ९.५९ प्रतिशत मत बदर भएको छ ।

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo