निर्वतमान डिआइजीदेखि लिएर प्रहरीको मोष्ट वान्टेड पनि संसदमा

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपछि निर्वाचित भएका धेरै सांसदहरु चर्चामा आउन थालेका छन् । संसदमा प्रवेश गर्नुपूर्व नै उनीहरुको स्वभाव, चरित्रलाई केलाएर सांसदहरुको श्रेणी समेत निर्माण गर्न थालेका छन्, नेपाली जनताले । वानेश्वरको सभाहलमा प्रवेश गर्नुपुर्व फरक चरित्र भएका फरक व्यक्तित्व र फरक ढंगले चर्चामा आएका सांसदहरुको नाम चुलिँदो छ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका देखि प्रहरीमा जागिर खाएकाहरुसम्म एकाएक सांसद बनेपछि चर्चामा आएका छन् । यिनै र यस्तै विभिन्न चरित्र भएका सांसदहरुको उपस्थितिले अबको ५ वर्षको कार्यकालप्रति सबैको चासो बढ्दो छ ।

धेरैलाई राजनीति फोहोरी खेल लाग्न सक्छ, त धेरैलाई भ्रष्टाचार गर्ने बाटो पनि । तर, मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनले धेरैलाई सुध्रिने, आफनो धमिलिएको चरित्र सुधार्ने र समाजका लागि अब्बल व्यक्ति बनेर निष्किने मौका दिएको छ । विभिन्न राजनीतिक दलका नेता, मन्त्रीहरुको चर्चा भएपनि यो निर्वाचनमा केहि त्यस्ता पात्र समेत थपिएका छन्, जसले संसदमा उनीहरुको उपस्थितिमाथि धेरैले नियाल्ने छन् ।

को को हुन् चर्चामा आएका नवनिर्वाचित सांसद ?

  • नवराज सिलवाल

नेपाल प्रहरीका डिआइजी रहेका सिलवालले प्रहरीको जागिर छोडेर राजनीतिमा प्रवेश गरेको तीन महिना नबित्दै सांसद बनेका छन् । एमाले प्रवेश गरेर एकाएक जनताबाट रुचाइएका सिलवालको उपस्थिति अबको संसदमा निकै चासोको विषय बन्नेछ । सिलवालले उठाउने मुद्धा र संसदमा निर्वाह गर्ने भूमिकाले उनलाई थप चर्चामा ल्याएको छ ।

  • दिपक मनाङ्गे

विवादास्पद छविका दीपक मनाङ्गे अर्का चर्चित पात्र हुन् । मनाङमा स्वतन्त्र उम्मेद्वारी दिएर जित हात पारेका मनाङ्गेको राजनीतिमा भूमिका आउँदा दिनमा सबैले चासोका साथ हेरेका छन् । प्रहरीले भनेजस्तै गलत काम गर्ने मनाङ्गे यदि राजनीतिक छवि बनाएर आफनो कुकृत्यहरु ढाकछोप गर्न लाग्छन् वा सफल राजनीतिज्ञ भएर देखिन्छन्, सबैले प्रतीक्षा गरेका छन् ।

  • रेशम चौधरी

कैलालीको टीकापुर घटनापछि एकाएक उदाएका रेशम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि सबैको ध्यान यतिबेला चौधरीमाथि तानिएको छ । २०७२ सालको भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरीको हत्या गर्ने ग्रान्ड डिजाइनरका रुपमा परिचित हुँदै प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका चौधरीको यात्राको सबैले आंकलन गरेका छन् । फरार रहेका चौधरीलाई समात्न तयार रहेको प्रहरी संयन्त्रलाई चक्मा दिँदै सांसदको पद धारण कसरी गर्छन् भन्ने बारे सबैको ध्यान आकृष्ट भएको देखिन्छ ।

पछिल्लो पुस्तामा राजनीतिलाई लिएर नैराश्यता बढ्दै जाँदा यो निर्वाचनले धेरैलाई राजनीतिको मार्ग प्रशस्त समेत गरेको देखिन्छ । राजनीतिको मतियार ठान्ने नेताहरुलाई खेल व्यवस्थापनमा संलग्न रहेका व्यक्तिले नै हराउनुले जनताको मत र चाहना प्रष्ट देखिन्छ ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका कोषाध्यक्ष तथा ओलम्पियन सुरेन्द्र हमाल, र नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष टंक आङबुहाङ समेत रहेका छन् । यि र यस्तै चर्चित निर्वाचित सांसदहरुको अबको संसद र प्रदेश संसदको यात्राले अबको राजनीतिमा कस्तो परिवर्तन आउला त्यो समयले बताउला । बस् मतको कदर होस् ।-News24nepal

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo