नयाँ सरकार : ओली प्रधानमन्त्री, बाबुराम अर्थमन्त्री !

काठमाडौं, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि सहभागी हुने चर्चा सुरु भएको छ ।

ढिलोमा अबको एक हप्ताभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । ओली नेतृत्वको सरकारमा बाबुराम सहभागी हुन चाहेको खुलासा भएको छ । यो खुलासासँगै नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ ।

हुन त बाबुरामले व्यक्तिगत रुपमा यस्तो चाहना अहिलेसम्म ओली वा अन्य एमाले नेताहरुसँग व्यक्त गरेका छैनन् । तर, उनको पार्टीका नेताहरुले ओलीलाई भेटेर यस्तो प्रस्ताव गरेको स्रोतको दाबी छ । हुन त बाबुरामले आफ्नो एक मात्रै चाहना भनेको अब मुलुकलाई समृद्ध बनाउने भनेर सार्वजनिक अभिव्यक्ति समेत दिइसकेका छन् ।

अब स्थायी सरकार बन्ने भएकोले बाबुरामको चाहना ५ वर्षको लागि अर्थमन्त्री बनेर विकास योजनाहरु अघि सार्ने र कार्यान्वयन गर्ने चाहना छ । त्यही भएर होला, उनी निकटका नेताहरुले ओलीलाई बाबुरामको अप्रत्यक्ष रुपमा सन्देश प्रवाह गरेका छन् ।-रिपोर्टर्स नेपालबाट

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo