‘कृषिमा दाम, सँस्कृतिमा नाम, पर्यटन प्रवद्र्धन यही हो छथरको पहिचान’ भन्ने मूल नाराका साथ बृहत् छथर महोत्सव चैत अन्तिम साता हुने

छथर क्षेत्रमा धनकुटाका १२ र तेह्रथुमका नौ गरी २१ वटा गाविस पर्दछन्

धनकुटा -‘कृषिमा दाम, सँस्कृतिमा नाम, पर्यटन प्रवद्र्धन यही हो छथरको पहिचान’ भन्ने मूल नाराका साथ छथरको परेवादिनको चाम्लीङ चिलिङ याकमा तेस्रो छथर सास्कृतिक तथा पर्यटन महोत्सव–२०७३ को आयोजना गरिने भएको छ । आगामी चैत २९ गतेदेखि ३१ गतेसम्म तिन दिन सञ्चालन हुने महोत्सवमा छथर क्षेत्रको आर्थिक, सामाजिक तथा धार्मिक क्षेत्रको प्रवद्र्धन गरी विकासमा टेवा पु¥याउँदै पर्यटकीय आकर्षणलाई स्थापित गराउने लक्ष्य रहेको छ । स्थानीय कला, सँस्कृति, भाषा, र मठ–मन्दिर संरक्षण, सम्बर्धन साथै स्थानीय अर्गा्निक कृषिजन्य बस्तुहरु र औद्योगिक उत्पादनहरु प्रदर्शन गरी प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । लिम्बूहरुको ऐतिहासिक पुरातत्व वस्तुहरुको संरक्षण तथा सम्बर्धनको साथै छथर क्षेत्रमा बसोबास गर्ने सबै जातजातिको संस्कृति संरक्षणका लागि छथर महोत्सव आयोजना गर्न लागिएको आयोजक समितीका सदस्य धर्मराज थोक्लेनले बताए ।

महोत्सवमा स्थानीय जातजातिहरुको लोपोन्मुख कला सँस्कृतिको झाँकी प्रदर्शन हुने भएको छ । व्यापार तथा कृषिमेलाको साथमा आयोजना हुने महोत्सवमा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने भएको छ । आफ्नो जन्मभूमि छथरको प्रचारप्रसार गर्न र यहाँ रहेका तर लोप हुन लागेका कला संस्कृतिको रक्षा गर्न छथर महोत्सवको आयोजना गर्न लागिएको छथर समाज तदर्थ समिती धरानका सचिब तथा पत्रकार भैरव आङलाले जानकारी दिए ।

यससँगै मेलाको अवसरमा खुल्ला पुरुष पूmटबल र पक्लुङ छेलो हान्ने प्रतियोगिता समेत सञ्चालन हुने साथै विभिन्न मनोरञ्जनात्मक र आकर्षक खेलहरु सम्पन्न हुने बताइएको छ । महोत्सवमा आन्तरिक र बाह्य पर्यटक आउने र १ करोडभन्दा बढी आर्थिक आम्दानी हुनेछ । यसैगरी महोत्सवमा स्थानीय अर्गा्निक, कृषिजन्य र औद्योगिक वस्तुहरुको स्टल राखिने भएको छ । तेस्रो छथर सास्कृतिक तथा पर्यटन महोत्सव–२०७३ मुल आयोजम समितीको मुख्य आयोजनामा हुने महोत्सवको सहआयोजकको रुपमा छथर क्षेत्रका गाविस, सङ्घसंस्था, छथर लिम्बू एकता समाज, लगायत छन् । महोत्सव पछि छथर क्षेत्रमा रहेका ऐतिहासिक ठाँउ तथा खानीहरु तथा पर्यटनको संभावना कस्तो छ र लोपोन्मुख संस्कृतीहरुको अध्ययन गरी केही नछुटाइकन स्मारिका प्रकाशन गर्ने मुल आयोजम समितीका सदस्य कमल तिगेलाले जानकारी दिए ।

प्रथम छथर महोत्सव तेह्रथुमको ओख्रे ताक्लुङमा र दोस्रो छथर महोत्सव तेह्रथुमकै पञ्चकन्यामा सम्पन्न भएको त्यहाँका ऐतिहासिक वस्तुको पहिचान गरि प्रचारप्रसारमा जुटिसकेको र यसक्षेत्रका विकासका लागि छथर विकास समाज लागि परेको तिगेलाले बताए ।

नेपालका लोपोन्मुख सँस्कृतिहरुको संरक्षरण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने र छथर क्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा आदिवासी लिम्बूहरुको सँस्कृति केलाङ, यालाङ, माङलाङ, हाकपारे, ख्याली, पक्लुङलेप्मा (छेलो हान्ने), हक्चुमलक्मा, थाक थाक्मा, मगरहरुको हुर्रा नृत्य, तामाङ सेलो, ब्राह्मणहरुको संगिनी नाच, बालान नाच, रत्यौली र सिलोक गायन, खस क्षेत्रीहरुको हुड्केली नृत्य, दलितहरुको पञ्चेबाजा, मारुनी नाच आदि मूर्त–अमुर्त सँस्कृतिहरुको प्रदर्शन गरिने मुल आयोजक समिती संयोजक संयोजक शंख बहादुर लिम्बूले बताए ।

यो महोत्सवमा आ–आप्mना जाति धर्म, संस्कार र सँस्कृति अनुरुपका साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्न पाइने छ । साँस्कृतिक उत्पादनका बस्तुहरुमा राडी, पाखी, खाडी, ढाका, मुर्चुङ्गा, विनायो, खुकुरी कर्द, डोको, थुम्चे, हर्पे, ठेकी, नाम्लो, दाम्लो, कोदालो, कृषिजन्यबस्तुहरु लगायतका बिक्री–वितरण गर्न सकिने बस्तुहरु राखिने मुल आयोजक समिती संयोजक संयोजक लिम्बूको भनाइ छ ।

छथर क्षेत्रमा धनकुटाका १२ र तेह्रथुमका नौ गरी २१ वटा गाविस पर्दछन् । यी गाविसमा धनकुटाका मारेकटरे, जितपुर, मूर्तिढुङ्गा, हात्तीखर्क, सान्ने, लेगुवा, घोर्लीखर्क, पाख्रिवास, फलाँटे, परेवादिन, तेलिया, ताङ्खुवा र तेह्रथुमका ओख्रे, सुदाप, पञ्चकन्या, फाक्चामारा, हमरजुङ, फुलेक, दाँगपा, बसन्तपुर, आङदिम पर्दछन् ।

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo