अर्थ आवरका दिन बिनेसाम साउथ युकेले वातावरण साहित्य प्रतियोगिता गर्दै,नेपालमा रहेका स्रष्टाहरूले मात्र भाग लिन पाउने

 

लण्डन,१३ फागुन । विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले अर्थ आवरको अवसर पारेर आगामी चैत १२ अर्थात् मार्च २५ तारिख २०१७ मा वातावरण साहित्य प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा नेपालमा रहेका स्रष्टाहरूले मात्र भाग लिन पाउने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष विजय हितानले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीनवटा सिर्जनालाई रू ३० हजार बराबरको नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिने छ । विजेतालाई आगामी अप्रिलमा काठमाडौंमा एक समारोहबीच पुरस्कृ्त गरिनेछ ।

प्रतियोगितामा कविता, गीत, गजल र मुक्तक समेटिने छन् । आफ्ना सिर्जना वातावरण, पर्यावरण, पृथ्वी, प्रकृति, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलवायु परिवर्तन र तिनको महत्व, संरक्षण, प्रतिकूल असरजस्ता विषयमा केन्द्रित गर्न आयोजकले अनुरोध गरेको छ । मार्च २४ भित्र [email protected] मा आफ्ना सिर्जना पठाउन अध्यक्ष हितानले आग्रह गरेका छन् । प्रतियोगिताबाट छानिएका सृजनाहरूको पुस्तक प्रकाशन गर्ने योजना समेत रहेको उनले बताए ।

संसारभर मनाइने अर्थ आवरमा बेलुकी साढे ८ देखि साढे ९ बजेसम्म एक घण्टा बिजुली बत्ति निभाउने चलन छ । वातावरण जोगाउ अभियानमा लाग्ने जोसुकैले यसमा भाग लिन सक्नुहुनेछ ।
प्रतियोगितामा कविता, गीत, गजल र मुक्तक पठाउने ठेगाना: [email protected]

 

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo