एमालेलाई भारतको सहयोगमा घेराबन्दी गरेको भनेपछि टिभी कार्यक्रम मै एमाले-कांग्रेस नेता बीच हात हालाहाल (भिडियो हेर्नुहोस्)

‘धमलाको हमला’ कार्यक्रममा एमाले नेता सत्यनारायण मण्डल र कांग्रसनेता रामकृष्ण यादब बिचको चर्काचर्की :

एमाले नेता मण्डल:
एमालेलाई सत्ताधारी दलहरुले घेराबन्दी गरेर हराएको हो त्यसमा भारत पनि प्रतक्ष्य संग्लन रहेको छ ।
कांग्रेसले क्रान्ति मात्रै गरेर ठुलो भयो तर देशको बिकाश र मधेशको लागि केहि गरेको छैन ।

अझ राजाहरु हुदा तराइको १७ जिल्लाको उत्पादनले सिंगो देशलाई खान पुगेर पनि उभ्रिएको कृषि उत्पादन निर्यात गर्ने गरेको थियो तर २०४६ साल पछिको कांग्रेस सरकारको गलत नीतिको कारण देशको सबै अर्थ ब्यबस्था चौपट भयो ।

भएको मित्र राष्ट्रहरुले बनाइ दिएको उद्योगधन्दाहरु पनि सबै कौडीको मोलमा बेचेर सक्यो ।
असफल भएको संसोधन विधेयक मधेशी जनताको होइन भारतको हो ।

कांग्रेस सरकार कै पालोमा मदन आश्रितको हत्या भयो तर कांग्रेस सरकारले हत्या पतालगाउन सकेन भन्दै कांग्रेस नेता यादवको साटो खाए ।

मधेशको बिकाशको लागि ओली सरकारको पालोमा जे जति योगदान ओली सरकारले दियो तत्यति योगदान आजसम्म कुनै सरकारले नदिएको मण्डलको भनाइ छ ।

कांग्रेस नेता यादव :
नेपालको जनताको स्वतन्त्रताको लागि कांग्रेसले धेरै योगदन दिएको छ ।
मधेशको समस्या समाधान गर्न सबिधान संसोधन पेस गरेको तर दुई तिहाई नपुगेको कारणले उक्त संसोधन फेल भएको मात्रै हो र त्यसको लागि निरन्तर पहल गर्ने काम कांग्रेसले जारी राख्छ ।

Loading...

संबन्धित


धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo