यी हुन् उत्तर कोरियालाई जवाफ दिन बनाइएका खास हतियार, यस्ता छन् विशेषता (तस्बीर सहित)

एजेन्सी । उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्न थालेपछि उसलाई जवाफ दिन विशेष हतियार बनाइएको छ । उत्तर कोरियाका मिसाइलबाट सुरक्षित रहन भन्दै निर्माण गरिएको यो हतियार उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा जडान गरिएको छ । यो हतियार दक्षिण कोरियामा अमेरिकी सहयोगमा जडान गरिएको हो ।

दक्षिण कोरियार उत्तर कोरियाको सीमा क्षेत्रमा अमेरिकाको एण्टी मिसाइल डिफेन्स सिस्टम पहिल्यैदेखि तैनाथ छन् । अहिले लंग रेन्ज एयर टु सरफेस मिसाइल तैनाथ गरिएको हो । अहिले यो मिसाइल डिफेन्स सिस्टम प्योंगचांग क्षेत्रमा सीमामा तैनाथ गरिएको छ । यहाँ आगामी फेब्रुअरीदेखि २०१८ विन्टर गेम आयोजना हुँदैछ । धेरै देशका खेलाडी रहने भएकाले सुरक्षाका लागि यी हतियार जडान गरिएका हुन् । यी हतियारले मिसाइल प्रहार भएको थाहा पाइ तिनीहरुलाई हावामै नष्ट गर्न सघाउँछन् ।

पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच तनाव बढिरहेको छ । यी दुई देशबीच युद्ध भएका सबैभन्दा बढी नोक्सानी दक्षिण कोरियालाई हुनेछ । यही कारण उसले अमेरिकासँग मिलेर मिसाइल डिफेन्स सिस्टम निर्माणलाई तीब्रता दिएको छ । प्योंगचांगमा तैनाथ गरिएको मिसाइल डिफेन्स सिस्टमका फोटोहरु हालै बाहिरिएका हुन् तर यिनीहरुको बारेमा आधिकारीक जानकारी दिइएको छैन । -डीसीनेपाल

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo