विश्व बैंकले व्यवसायिक शिक्षाका लागि ६ अर्ब ऋण दिने

 

काठमाडौँ, १५ असोज (रासस) ः विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब रु छ अर्ब ऋण उपलब्ध गराउने भएको छ ।

नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आज स्वीकृत गरेको हो ।

नेपालको श्रम बजारमा वर्षेनी चार लाख ५० हजारदेखि पाँच लाख युवाले प्रवेश गर्ने गरेका तथा तीमध्ये अधिक सीप र शिक्षाविहीन हुने गरेकाले उक्त तालीम श्रम बजार र युवाबीच मध्यस्थ बन्न सक्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ ।

श्रम बजारमा आउने ती युवा स्वदेशमा भन्दा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

बेरोजगारी र अनौपचारिक रोजगारीको अन्त्य तथा सीपयुक्त शिक्षाको प्रवद्र्धनमा उक्त ऋण सहायता नेपालका निम्ति फलदायी हुने बैंकले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo