डाक्टर का ११ संगठनको सम्झौतामा असहमति, आजदेखि हेल्मेट लगाएर उपचार गर्ने

यस्ता छन् माग

काठमाडौँ, १७ असोज । स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति असहमति जनाउँदै चिकित्सासित आबद्ध विभिन्न संघसस्थाले विरोध जनाउँदै हातमा कालोपट्टी र टाउकामा हेलमेट लगाई सेवा दिएका छन् ।

‘जेल विद आउट विल’ मा सरकार र संघका बीचमा भएको सहमति स्पष्ट नभएको भन्दै डाक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, नेपाल डेण्टल एशोशिएसनलगायत ११ संस्थाले विरोध जनाएका हुन् ।

ती संस्थाले सरकार र संघबीच भएका सहमति कार्यान्वयन गर्ने क्रममा हरेक समितिका सरकारी र गैरसरकारी चिकित्सकबाट (४० वर्षमुनिका) एक एक युवा चिकित्सक समावेश गराइनुपर्ने, विनाधरौटी जेलसम्म लिनसक्ने बुँदालाई संशोधन गरी जेल विदआउट बिल नै राख्न र यस्तो विधेयक आगामी संसद्को बैठकमा नै प्रस्तुत हुन माग गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा मन्त्रालय र संघबीचमा यही असोज १३ गते चारबुँदे सहमति भएको थियो । सो सहमतिपछि चिकित्सकले अस्पतालको हडताल अन्त्य गरेका थिए ।

उपचारमा चिकित्सकको लापर्वाही भई बिरामीको मृत्यु भएमा चिकिसकबाट क्षतिपूर्ति भराउनेसम्बन्धी कानून ल्याउन लागेको भन्दै संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सेवामा बन्द हडताल गरिएको थियो ।

अब सहमतिमै ऐन र नियमावली संशोधन हुनेछ । सहमतिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको जिम्मेवारी, कार्य, दक्षता र सोअनुरुपको पारिश्रमिक तथा सुविधालाई समयानुकूल तथा समग्र स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने विज्ञ एवं सरोकार पक्ष सम्मिलित प्रमुख विशेषज्ञको संयोजकत्वमा सात दिनभित्र पाँच सदस्यीय कार्य दल बनाइने उल्लेख छ । कार्यदलले एक महिनाभित्र प्रतिवेदन दिनेछ ।

यस्तै सहमतिमा ५ प्रतिशत स्वास्थ्य सेवा कर हटाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पत्राचार गरिने, चिकित्सा सेवामा गुणस्तरीयता ल्याउन सरकारी स्वास्थ्य सेवा अवधिलाई ६५ वर्ष बनाई प्राविधिक ज्ञान र सीपको अधिकतम उपयोग हुने गरी जनतालाई स्वास्थ्य सेवा प्राप्त हुने व्यवस्था मिलाइने, संघीय निजामती सेवामा स्वास्थ्य मन्त्रालयका सचिव चिकित्सक स्वास्थ्यकर्मी नै हुने उल्लेख छ ।

उनीहरुका माग यस्ता छन्:

१) नेपाल चिकित्सक संघसंग भएको सम्झौतामा उल्लेखित निवृत्ती उमेर बढाउने निर्णय निशर्त खारेज गरिनुपर्ने ।

२) नेपाल चिकित्सक संघसंग भएका सम्झौता पालनको क्रममा गठन हुने हरेक समितिमा सरकारी र गैर सरकारी चिकित्सकहरू बाट एक एक युवा प्रतिनिधी अनिवार्य संलग्न गराइनु पर्ने (युवा भन्नाले ४० वर्ष उमेर हद पार नगरेका चिकित्सकहरू) ।

३) चिकित्सक संघ संग भएका ६५ वर्षे बाहेक अन्य सम्पुर्ण सम्झौता कार्यनवनका लागी आवश्यक ऐन कानुन आगामी संसदको पहिलो बैठकबाट पास हुने व्यवस्था मिलाउने। (पुनस्च: बिना धरौटि जेल सम्म लिन सक्ने भन्ने बुदालाई संसोधन गरि ‘जेल विथ आउट बेल’नै लागु हुने गरि व्यवस्था मिलाउने)|

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo