वाइफाइको साटो लाईफाई आउने, एउटा फिल्म ०.३ सेकेन्डमै डाउनलोड हुने

काठमाडौं, १७ असोज — चिनियाँ वैज्ञानिकहरूले तीव्र गतिको तारविहीन सञ्चार अबको ६ वर्षभित्रमा सार्वजनिक गर्ने भएका छन् ।

अहिलेको तारविहीन वाईफाईको साटो लाइट फाइडेलिटी अर्थात् लाईफाई प्रविधि चीनले विकसित गर्दैछ । यसअन्तर्गत एलईडी बल्बहरूबाट आएको प्रकाशलाई डाटा ट्रान्स्फर गर्नका लागि अहिलेको रेडियो तरंगमा आधारित वाईफाईभन्दा निकै नै कम समय लाग्छ ।

चिनियाँहरूले फुल कलर एमिसिभ कार्बन डटहरू बनाएपछि तीव्र गतिको तारविहीन सञ्चार विकास गर्न सफल भएका हुन् ।

अहिलेका अनुसन्धानहरूले डाटा ट्रान्समिट गर्नका लागि लाईफाईलाई प्रकाश दिने दुर्लभ सामग्रीहरू प्रयोग गरिरहेका भएपनि चिनियाँ वैज्ञानिकहरूले चाहिँ कार्बन डाटामार्फत लाईफाई बनाउने भएका छन् जुन बढी सुरक्षित र तीव्र छ ।

सन् २०१५ मा चिनियाँ सरकारले गरेको एक परीक्षणले लाईफाई एक सेकेन्डमा ५० जीबीको गतिमा पुग्न सक्ने देखाएको थियो । यसो हो भने एउटा फिल्म डाउनलोड गर्न जम्मा शून्य दशमलब तीन सेकेन्ड लाग्नेछ ।सिन्ह्वाबाट/लोकान्तर

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo