दशैंमा स्थगित अनसन फेरि सुरु गर्दै

१९ असोज, काठमाडौं । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन आजबाट फेरि सुरु हुने भएको छ ।
अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरे ।

त्यसबेला नै उनले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताएका थिए । त्यस अनुसार उनी अनसन बस्न लागेका हुन् । यो बीचमा सरकारसँग कुनै सम्वाद नभएको भन्दै डा. केसीले भने, ‘आजबाट अनसन सुरु गर्दैछु ।’

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् । अनलाइनखबर

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo