आठ बर्ष अघि कुवेत आएकी गीता सम्पर्क विहिन् ! आखिर कता गइन्,कहाँ छिन् उनी ?

कुवेत । रोजगारीको शिलशिलामा ८ बर्ष पहिले कुवेत आएकी गीता श्रेष्ठ सम्पर्क बिहिन बनेकी छन् । साबिकको शिवगंज-५ लालपानी झापा हाल शिवासतासी नगरपालिका- ७ घर भएकी गीता श्रेष्ठ कुवेत आए लगत्तै परिवार देखि सम्पर्क बिहिन बनेकी हुन् ।

वास्तविक नाम गीता श्रेष्ठ भएपनि उनको बोलाउने नाम अप्सरा रहेको उनको परिवारले बताएका छन् । उनि २०६७ असोजमा अरु कसैको पासपोर्टमा कुवेत आएको बुझिएको नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङदेनले जानकारी दिएका छन् ।

अप्सरा नामको कुनै पासपोर्टमा उनी कुवेत आएको आशंका गरिएको छ । परिवारसँग पासपोर्ट नम्बर र अन्य सम्पर्क नम्बर नभएकाले उनि कहाँ र के गर्दैछिन भन्ने पत्तो लगाउन सकिएको छैन ।

८ बर्षदेखि गीता सम्पर्क बिहिन बनेपछि उनको परिवार चिन्तामा डुबेको छ । गीताको अवस्था पत्ता लगाउने कुनै आधार नभएपछी उनका आफन्त नेपाली दुताबास कुवेतको सम्पर्कमा आएका छन् । परिवारले गीताको पुरानो फोटो उपलब्ध गराएर उनको खोजी गरिदिन अनुरोध गरेका छन् ।

गीताका आफन्तले कुवेतमा क्रियाशील नेपाली संघसंस्था, पत्रकारहरु तथा उनलाई चिन्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीलाई उनको अवस्थाको बारेमा बुझेर परिवारलाई जानकारी गराइदिनु हुनपनि अनुरोध गरेका छन् ।

गीता कुवेत आएको देखिएपनि सम्पर्क गर्ने कुनै माध्यम नभएकाले उनको अवस्थाको बारेमा बुझ्न समस्या भएको दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङदेनले बताए,यद्यपि उनको खोजी कार्यलाई तिब्रता दिने दुताबासले जनाएको छ ।-प्रदिप नेपाली/हाम्रोसंचार बाट

 

 

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo