बुद्दको एक दिन

संसार भरिका समस्त बैद्हरुका शास्ता (मार्गदर्शक) गौतम बुद्दको सामान्य देनिक जीवन कस्तो होला ? यो अवश्य पनि रोचक प्रश्न हो । यो प्रश्नको उत्तर ज्ञानबर्दक पनि छन । दैनिक जीवन यहि हो भन्न नसकिए पनि बौद्द वाङ्मयहरुमा छरिएर रहेका प्रसङंगहरुलाई केलाएर हेर्दा बुद्दको दिनचर्याको मोटामोटी रुपरेखा तयार हुन्छ । यो समाग्रीबाट पनि बुद्दलाई बुझ्न धेरै मात्रामा सघाऊने हुन्छ ।

गौतम बुद्द बिहान सबेरै उठ्छन । अरु जसरी नै शोचकार्यका लागि शौचालय जान्छन, दत्तिवनो प्रयोगले दाँत माझ्छन र हातमुख धुने अदि नित्यकर्म सकाउछन । यसपछि विहरभित्रै वा वरिपरि एकान्तमा बस्छन । कोही भेट्न आऊँछन भने उनीहरुसँग भलाकुशारी गर्छन । यसरी भलाकुशारी गर्न आउनेहरुसँग पनि धर्मकै कुरा हुने हो र ती कुराकानीहरु पनि धर्मोपदेशका रुपमा सङ्कलित छन । भिक्षाटनको समय नभएसम्म सामान्यतः यस्तै हुन्छ । देनिक भोजनका लागि बुद्द भिक्षाटनमा जान्छन, भिक्षुहरुलाई पनि यहि प्रावधान राखिएको हुन्छ । भिक्षाटनबाट प्राप्त भोजनमा निर्भर हुनुलाई आदर्श मानिएको छ । भिक्षाटनमा जे प्राप्त हुन्छ, त्यही खानुपर्छ । मध्यान्ह अर्थात बाह्र बजेपछि भोजन गर्नुलाई विकाल भोजनका रुपमा लिईन्छ र विकाल भोजन गर्नुलाई शील पालनामा विचलन मानिन्छ । बिरामी परेको अवस्थामा भने यो नियम लागु हुँदैन । भिक्षाटनका लागि बुद्द कहिले एक्लै त कहिले भिक्षुहरुलाई पनि साथमा लिएर गाऊँ वा नगरतर्फ लाग्छन । गाऊँ वा नगरको प्रवेशद्वारमा पुगेपछि आफ्नो चिवर मिलाउछन य़ विहारबाट निस्कदा नै चिवर मिलाएर निस्कने हुन तर बाटोमा आऊँदाआऊँदै बिग्रिसकेको हुन्थ्यो । यसबाट बुझिन्छ, बुद्द आफू र भिक्षुहरु पनि चिवर (लुगाफाटा) अस्तव्यस्त रुपमा रहेको मन पराउनुहुन्न । (बाँकी पत्रिकाबाट लिईएको यो तस्वीरबाट लगातार पढ्नुहोस्)

– बसन्त महर्जन द्वारा लिखित गोरखापत्रमा प्रकाशित ‘बुद्दको एक दिन’

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo