उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वोर्ल्ड रेकर्ड’ बाट सम्मानित

अमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार थियो । यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसन द्वारा ९३ जना ख्याती प्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो । यो प्राप्त लगतै उज्ज्वल ठकुरीले “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” मा कसैले गर्न नसक्ने काम गरेर देशको नाम उच्च स्थानमा पुर्याएका छन् ।

“साच्चिनै नेपाली बहादुर र निडर हुन्छन भन्ने कुरालाई प्रमाणित गर्दै ” आज देशको नाम उच्च स्थानमा राख्न उज्ज्वल ठकुरी सफल भएका छन् । उनले गिनिज बुकमा रहेको (heavy weight lift in a vandam style lift (male ) जसले ५० के.जी. को रेकर्डलाई तोडेर ६३.५८ के.जी. उठाई नयाँ विश्व रेकर्ड कायम गरि आफ्नो नाम सदाको लागी ” गिनिज बुक अफ वोर्ल्ड रेकर्ड ” मा लेखाउन सफल भएका छन् । यो विश्व रेकर्ड कायम गर्न विशेष गरि साथ दिनुहुने HK Lee ताइक्वान्डो संचालक आदर्णिय ग्राण्ड मास्टर HK Lee, आदर्णिय अन्तरराष्ट्रिय प्रशिक्षक ६ डान मास्टर कृष्ण बहादुर बलाल, आदर्णिय ७ डान मास्टर साङ् इल् ह्वाङ, आदर्णिय प्रशिक्षक ३ डान राष्ट्रिय खेलाडी रसद मेलोर, अनि सम्माननिय हाइ रेड बेल्ट मास्टर जेस्म ए रोल्लिङ जुनियर र दुई सानो ब्लाक्क बेल्टलाई पनि हृदय देखि धन्यवादको साथसाथै अर्को सहयोगी परिवार लि वूद एशोसियसन परिवारलाई पनि धन्यवाद ज्ञापन दिएका छन् ।

 

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo