एनआरएनए फुजैराह क्षेत्रीय समितीको ‘दिपावली तथा छठ पर्बको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

मान बहादुर के.सी. ‘मुस्कान’,यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) फुजैराह क्षेत्रीय समितीको आयोजनामा ०६ अक्टोबर २०१७ शुक्रबारका दिन ‘दिपावली तथा छठ पर्बको शुभकामना आदान प्रदान सँगै परिचयात्मक कार्यक्रम’ फुजैराह स्तिथ दिल्ली दरबार रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ ।

एनआरएनए फुजैराह क्षेत्रीय समितीका अध्यक्ष बिरेन्द्र खड्काको अध्यक्षतामा तथा एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिशेष अथितिहरुमा एनआरएनए यूएईका महासचिब कृष्ण पौडेल, सचिब राजेश बोहोरा, कोषाध्यक्ष राजु के.सी., प्रबक्ता मनु क्षेत्री, सदस्यहरु ॐ प्रकाश उप्रेती, सुदिप खराल, टक बहादुर गुरुङ, सागर लुइटेल, र सारजाह क्षेत्रीय समितीका अध्यक्ष बिरेन्द्र नकर्मी, सदस्य डा. सुरेन्द्र श्रेष्ठ रहनु भएको थियो भने अन्य अथितिहरुमा स्याङ्जा सहयोग समाजका यूएईका सल्लाहकार कुल क्षेत्री, सुदुर पश्चिम सेवा समाज यूएईका महासचिब तथा देउडागायक मान बहादुर के.सी. ‘मुस्कान’, पाल्पा समाज फुजैराह क्षेत्रीय समितीका अध्यक्ष आमित बि.क., अर्घाखाची सम्पर्क समिति फुजैराहका सचिब बाबुराम आचार्य, मगर समाज फुजैराहका अध्यक्ष हिमाल थापा, ￰जनसम्पर्क समिती फुजैराहका सचिब राजन भट्ट, प्रबासी मन्च फुजैराहका सहसचिब श्री देब नारायण भन्डारी, विश्वकर्मा समाजका केन्द्रिय सल्लाहकार बिमल विश्वकर्मा, अल बर्दी क्याफ्टेरिया खोर्फाखानका संचालक शेर सुनार, नासिर लेडिज सैलुनकि संचालिका दिपा पाण्डे, सिल्भर स्पोंन रेस्टुरेन्ट फुजैराहका संचालक बिष्णु भण्डारी, फाइभ स्टार अटोमेटिक लौन्ड्रीका संचालक देव न्यौपाने रहनु भएको थियो ।

फुजैराहवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा एनआरएनए फुजैराह क्षेत्रीय समितीका उपाध्यक्ष शेर सुनारले उपस्थित सम्पूर्णलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए, भने सो कार्यक्रमका प्रमुख अतिथी गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नो बिचार राख्दै २०१७-२०१९ का लागि भरखरै चुनिएको फुजैराह क्षेत्रीय समितिले छोटो समयमा नै कार्यक्रमको आयोजना गरेकोमा समाजप्रति फुजैराहबाशी नेपालीहरुको लगावको खुलेरै प्रशंसा गर्दै युएईको कानुनी प्रावधानमा रही सबैले एकजुट भएर अघाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो, २०१७-२०१९ कार्यकालमा नै यूएई स्थित सबै नेपाली संघ संस्थाहरु सँग हातेमालो गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईलाई दर्ता गराउने जिज्ञासा राख्नु भएको थियो ।

त्यसै गरी कृष्ण पौडेल, राजेश बोहोरा, राजु के.सी., मनु क्षेत्री, टक बहादुर गुरुङ, सागर लुइटेल, बिरेन्द्र नकर्मी, मान बहादुर के.सी. ‘मुस्कान’, अमित बि.क., बिमल विश्वकर्मा, देव न्यौपानेले शुभकामना मन्तब्य राखेका थिए ।

एनआरएन फुजैराह क्षेत्रिय समितीका अध्यक्ष बिरेन्द्र खड्काले ‘दिपावली तथा छठ पर्बको शुभकामना सँगै परिचयात्मक कार्यक्रम’ सफल पार्न सहयोग गर्ने सबै धन्यबादको पात्र भएको बताउँदै उपस्थित सबैलाई आभार प्रकट गरेका थिए, फुजैराहमा समाज सेवाका काममा सम्पूर्ण नेपाली यसरी नै एकजुट भएर अघाडि बढ्ने बिश्वाश ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

सोही कार्यक्रममा फुजैराह क्षेत्रीय समितिमा २०१७-२०१९ का लागि चुनिएका कार्यसमितीका सम्पूर्ण पदधिकारीहरुलाई ओहोदाको प्रमाण पत्र प्रदान गरिएको थियो । समाजसेवी, बुद्दीजीबी, कलाकार, पत्रकार, तथा फुजैराह बाशीहरूको बाक्लो उपस्थिती रहेको सो कार्यक्रमको संचालन राज न्यौपानेले गर्नु भएको थियो ।

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo