सिप र जाँगर हुनेलाई गाऊँ-घरमै चटारो !

भक्त बहादुरलाई गाउँमा नै चटारो !

धनकुटा खबर । खाल्सा छिन्ताङ्ग शहिदभूमी गाउँपालिकाको आँखिसल्ला घरभई हाल धनकुटा जीरोप्वाइन्ट नयाँ बस्तीका भक्तबहादुर राईको परिवारलाई बाह्रै महिना फूर्सद छैन ।

तिहार नजिंकिदै जाँदा अर्डरको समय नजिकिएपछि उनीहरुको खाने र सुत्ने समेत टुंगो छैन् । दशक देखि बाँस हस्तकलाको ब्यबशाय गर्दै आएका भक्त बहादुर जस्तै यो बस्तीका अधिकाशं साना उद्यमीको दिनचर्या उस्तै छ ।

सबैरै उठ्ने अर्डरका बाँसबाट निर्मित सामग्रि तयार, पार्ने कलर गर्ने, प्याकिङ गर्ने सबैलाइ एकै किसिमको चटारो छ । राई भन्छन् ‘यो बेला नगरे कहिले गर्ने ?’

तिहार र छठ पर्वका लागि बाँसका सामग्रीको माग बढेपछि धनकुटाका घरेलु उद्यमिलाई बाँसका सामग्री बनाउने र बिक्री गर्ने ब्यस्तता बढेको उनको भनाई छ ।

राजधानी काठमाण्डौं, तराई र स्थानीय बजारबाट ढाकी, डालो, नाङ्लो, डोको, मुडा, टि बक्स, घरेलु प्रयोग तथा सजावट सामग्री बेचेर मासिक ४० हजार भन्दा बढी कमाउने गरेको राईले बताए ।

धनकुटाको खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिका र धनकुटा नगरपालिकाका साना उद्यमिले यस्ता चाडवाडको समयमा सरदर ८० हजार देखि तीन लाख ५० हजार रुपैयाँसम्मको बाँसका सामग्री बिक्रि गर्ने गरेका छन् ।

बेतबाँस उद्यममा सदरमुकाम धनकुटा बजार र आँखिसल्लाका करिब चार सय परिवारको संलग्नता छ । घरेलु तथा साना उद्योग विकास समितिले यस्ता उद्यमी र उत्पादनको प्रवद्र्धनका लागि काम गरिरहेको समिति कार्यालय प्रमुख सत्यनारायण राईले जानकारी दिए ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo