नेपाल ताजिकिस्तानसँग ३–० ले यसरी पराजित

काठमाडौं, असोज २४ । एएफसी एसियन कप फुटबल छनोटअन्तर्गतको चौथो खेलमा नेपाल ताजिकिस्तानसँग ३–० ले पराजित भएकोे छ ।

 

मंगलबार ताजिकिस्तानमा भएको खेलमा घरेलु टोलीले तीनओटै गोल पेनाल्टीमार्फत् गरेको हो ।

ताजिकिस्तानले २०, ६० र ८७औं मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।

यो हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना पनि लगभग सकिएको छ ।

यसअघि, गत भदौ २० गते नेपालमै भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो ।

समूह ‘एफ’मा रहेको नेपाल चार खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा छ ।

नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा र यमनसँग उसैको मैदानमा खेल्न पनि बाँकी छ ।-इमेजखबरबाट

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo