अलैचीको भारी मुल्य गिरावटले किसान र ब्यापारी प्रभावित

धनकुटा खबर, २५ असोज । अलैचीमा लाग्ने छिर्के रोगले बगान सखाप हुने क्रम नसकिंदै अलैचीको मूल्यमा भारी गिरावट आएपछि अलैची कृषक र ब्यपारीहरु चिन्तितमा परेका छन् ।


तस्वीर : धनकुटाको हिलेमा अलैची भण्डारण गर्दै एक ब्यपारी ।

मूल्य बृद्धिको आशामा नयाँ बगैचा लगाए पनि हाल सम्म अलैचीको मूल्य गिरावट कायम रहेकोले किसान र ब्यपारी दुबै मर्कामा परेका हुन ।

अहिले धनकुटामा प्रति मन ४० केजी अलैचीको मूल्य १ लाख १० हजारबाट ३० हजार भएको छ । किसानहरुबाट स्थानिय ब्यपारीहरुले प्रति मन २८ देखि ३० हजार सम्म दिने गरेका छन् ।

उक्त मुल्य किसाहरुलाई मजदुर ज्याला तिर्नै नपुग्ने र ब्यपारीहरुलाई फाईदा नभए पनि ब्यबसाय बचाएर राख्नुको लागि कारोबार गरिरहनु परेको उनीहरुले भनाई छ ।

प्रति केजी ४० रुपैंया हुंदा देखि अलैची खेती गर्दै आएका धनकुटा परेवादीन ३ का बमबहादुर लिम्बुले अलैचीको मल्य कम भएका कारण कामदार लगाएको रकम समेत नउठेको बताउनुभयो ।

१२ रोपनी क्षेत्रफलमा लगाएको अलैची खेतीबाट बार्षिक ८० केजी सम्म फल अलैची बेचेर २ बर्ष अघि ३ लाख कमाएको उहाँले हाल १ लाख पनि कमाई नभएको बताउनुभयो ।

त्यस्तै तिहार खर्चको लागि धनकुटाको हिलेमा १ मन अलैची बेच्न आएका तेह्रथुम ६ डङडङेका छिरिङ शेर्पाले हालमा लिएको पैसा देखाउँदै खेताला लगाएको पैसा तिर्न पनि नपुगेको गुनासो गनुभयो ।

उहाँले भन्नुभयो,‘अलैची बेचेको पैसाले काम गर्नेलाई पैसा तिर्नै नपुगेपछि हामी–हामी नै बाझ्दैछौं ।’

बिगतका बर्षहरुमा राम्रो मूल्य देखेर ३ बर्ष अघि ४ रोपनीमा लैची खेती गर्दै आएका उनले अलैची खेती निल्नु न ओगल्नु भएको बताउनुभयो ।

मूल्य गिरावटका कारण जिल्लाका २ सय भन्दा बढी अलैची किसानहरु प्रभावित भएको उन्नती परियोजना अन्तर्गत सन्चालित पब्लिक प्राईभेट पाटनरसिप(पीपीपी) समिति धनकुटाले जानकारी दिएको छ ।

मूल्य गिरावट संगै किसानहरुले अलैची बगानहरु गोडमेल नगरी छाड्न थालेको समितिका अध्यक्ष लाखमान भिसिङ्गले बताउनु भयो ।

घिसिङ्गले भन्नुभयो–‘अलिकति मूल्य घटेपछि बगान स्याहार नगर्ने किसानहरुले अहिले त झन् जंगलकै रुपमा छडेका छन् ।’

बिश्व बजारमा राम्रो मूल्य भएपनि नेपाली अलैचीको बिश्व बजारमा आफ्नै जात नभएर मिसावटका कारण नेपालको अलैची ब्यसाय प्रभावित भएको घिसिङ्गको भनाईछ ।

‘यहाँको अलैचीमा बाहिरको गुणस्तरहीन अलैची मिसिएर गएपछि अलैचीको मूल्य गिरावट संगै नेपालको अलैची खेतीमा पनि निरासपन आएको हो’ – घिसिङ्गले भन्नु भयो ।

यस समस्यालाई सरकारले समधान नभए सम्म अलैची खेती र ब्यापार ईतिहाँसमा मात्र सिमित रहने घिसिङ्गको भनाई छ ।

नेपालको अलैची भारत लाने ब्यपारीहरुले अलैचीको कम मूल्य तोकेर लान नमानेपछि अलैची किसानहरु मार्कामा परेको र ब्यपारीहरुलाई करोडौं घाटा लागेको धनकुटा हिलेका ब्यपारी बाबुराम राईलेको भनाई छ ।

अघिल्लो बर्ष प्रति मनको मूल्य १ लाख ८ हजार सम्म हुंदा किसानहरुलाई ९५ हजार सम्म दिएर खरिद गरेको अलैची बेच्ने समयमा अचानक मुल्य घटेर ५५ हजारमा झरेपछि आफूलाई २५ लाख भन्दा बढी घाटा लागेको उहाँको भनाई छ ।

हाल अलैची ब्यपारबाट फाईदा नभएपनि ब्यबसायलाई निरन्तरता दिनके लागि मात्र अलैची किनबेच भईरहेको उहाँले बताउनुभयो ।

नेपालबाट भारत जाने अलैचीमा बिभिन्न नक्कली अलैचीहरु मिसावट भएको पाईएपछि मूल्यमा गिरावट आएको हुनसक्ने अलैची ब्यबसायी महासंघ धनकुटा शाखाका अध्यक्ष ईन्द्र तितुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘नेपालमा उत्पादन भएको अलैचीमा पनि उस्तै देखिने चुरुम्फा र फल भित्रको दाना अलैचीमा समेत मेथी भुटेर मिसाएको पाईयो ।’

महंगो मूल्यमा किनेर भण्डारण गरेको अलैंची कम मूयमा बेच्न पर्दा धनकुटाका १४ अलैची ब्यपारीहरुलाई २० करोड भन्दा बढी घाटा भएको ईन्द्र तितुङले बताउनुभयो ।

हाल भारतीय ब्यपारीहरुले नै प्रतिमन ३२ हजार सम्ममा मात्र लाने भएकाले किसानहरुलाई ३० हजार भन्दा बढी दिन नसकेको शाखाको सचिव फुर्वा शेर्पाले बताउनुभयो ।

मूल्यमा आएको भारी गिरावट संगै हाल प्रति मन २८ देखि ३२ हजार सम्म मात्र मूल्य चलेको कारण कतिपय ब्यपारी र किसानहरुले मूल्य बृद्धिका आशमा २÷३ बर्ष अघि देखि अलैची भण्डारण गरेर राखिरहेको शेर्पाले जानकारी दिनुभयो ।

गत बर्ष आर्थिक बर्ष ०७२÷०७३ मा २ सय ४० हेक्टरबाट १ सय ४५ मेट्रिक टन अलैची उत्पादन भएको थियो ।

जसमा २६ करोड १० लाख बराबरको सम्पूर्ण अलैची जिल्ला बाहिर निर्यात् भएको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।

तर यो बर्ष रोगले बगैचा नष्ट हुनुका साथैे मूल्यमा ८० प्रतिशत सम्म गिरावग आएका कारण अलैचीको उत्पादन र मूल्यमा समेत गिरावट आएको कार्यालयका प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिनुभयो ।

रोगले बगैचा नष्ट भएर उत्पादनमा कमि भएका कारण यस आर्थिक बर्ष ०७३÷०७४ मा जिल्लामा २ सय ४५ हेक्टरबाट केवल ९७ दशमलव ३५ मेट्रिक टन अलैची उत्पादन भएको छ ।

मूल्य गिरावटका कारण यो बर्ष २६ करोडको ब्यपार घटेर जिल्लाबाट ७ करोड ३० लाख १२ हजार ५ सय बरावरको मात्र अलैची निर्यात भएको कार्यालयको तथ्यांक छ ।

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo