यी खतरनाक आतंकवादी महिला यसरी भइन् बेलायतको सरकारी कर्मचारी, धेरैले पत्तै पाएनन्

काठमाडौं— सन् २००५ मा लन्डन मेट्रो स्टेसनमा विस्फोटको षड्यन्त्र रचेकोमा कारावास सजाय भोगिसकेकी एक महिलाले सरकारी कमजोरीको फाइदा उठाउँदै झुट बोलेर वर्षौंसम्म ठूलठूला सरकारी पद हात पारेको खुलासा भएको छ ।

इथियोपियाकी मुलुमेबेट गिरमालाई सन् २००५ मा एक आत्मघाती आक्रमणकारीलाई सहायता गरेको र घटनास्थलबाट भागेकोमा १० वर्षको सजाय भएको थियो । जेलमा राम्रो व्यवहार देखाएपछि उनलाई सजाय घटाएर सन् २०१३ मा रिहा गरिएको थियो ।
तर जेलबाट छुटेपछि उनले झुट बोलेर सरकारी जागिर पाइन् । त्यतिमात्र नभई गिरमा काउन्सिलको उच्च पद प्राप्त गर्न सफल भइन् ।

सन् २००५ मा गिरमालाई लन्डनको मेट्रो ट्युब स्टेसन उडाउने असफल कोशिश गर्ने आत्मघाती आक्रमणकारी हुसैन ओस्मानलाई भगाएको आरोपमा दोषी ठहर गरेर १० वर्षको सजाय दिइएको थियो ।

जेल जानुअघि गिरमाले एक मोडलका रूपमा सफल करीयर बनाइसकेकी थिइन् । तर जेलबाट छुटेपछि उनले आफ्नो आपराधिक इतिहास लुकाएर दक्षिण लन्डनको साउथवार्क बरो काउन्सिलमा जागिर शुरु गरिन् ।

काउन्सिलमा अप्रेन्टिसका रूपमा जागिर शुरु गरेपछि गिरमा एकदमै छिट्टो बढुवा हुँदै गइन् । काउन्सिलको न्युजलेटरको कभर पेजमा पनि गिरमालाई फीचर गरियो ।

तर गिरमाको वास्तविकता सार्वजनिक भएपछि उनलाई पदबाट बर्खास्त गरेर छानबिन शुरु गरिएको छ ।
एजेन्सी/लोकान्तर

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo