युवाहरुलाई विदेशिनबाट जोगाउ स्वदेशमै रोजगारी दिलाऊ

दिनेश गौतम हरिजन, युरोप  । नेपालमा बर्षेनी करीब छ देखि सात लाख युवा युवती हरू अर्को देशमा कमाउनको लागि जाने गर्दछन।आफ्नो देशमा राजनैतिक दलहरुको किचचि , सोचे जस्तो राम्रो काम न पाएर, परिवारिक जिम्मेवारी अथवा भनौ मिहेनत अनुसार परिश्रमिक तलब न हुनाले युवा हरू बैदेशिक रोजगार तिर आकर्षित हुदै गएका छन त कतिपय डिग्री गरेका युवा युवतीहरु स्वदेशमा विद्यार्थी भिषामा विदेश तिर होम्मएका छन ।

बिदेशिएका युवाहरू मध्ये ७० प्रतिशत तराई बासी खाडी मुलुक लगायत मलेसियामा खटिएका छन भने बाकी युवाहरु युरोप , अमेरिका , अष्ट्रलिया तिर गएका छन । ७५ प्रतिशत माध्यमिक शिक्षा भन्दा कम पढ़े लेखेका हुन्छन भने ६३ प्रतिशत अधक्ष,१४ प्रतिशत अर्धदक्ष ,१२प्रतिशत प्राविधिक तालीम हासिल गरेका र एक प्रतिशत उच्च दक्षता प्राप्त गरेका युवा युवती हरू बिदेश गई राखेका छन ।

यस्तो अवसथामा नेपाल आईपुग्नु भनेको बिडम्बना नै हो र अहिले तपाई हामी नेपालका गाउहरमा गयौ भने त्यहा युवाहरु पाउनै गाह्रो भैसकेको सजिलै अनुमान लगाउन सकिन्छ र गाउघरमा पढेलेखेका युवाहरु नभएको कारणले गर्दा विदेशबाट पठाएको रकमको नि सहि सदुपयोग हुन सकिरहेको छैन र हाम्रो देश रेमिटान्सको भरमा चलेको सजिले हामी अनुमान लगाउन सक्छौ । यो अवस्था अत्यंत चिंता जनक हो ।

हाम्रा युवा हरू सक्षम भएता पनि बिदेशमा आफ्नो कला,साहस प्रदर्शन गर्न नसक्नाले क्षमता विपरीत कार्य गर्नुमा बाध्य भएका छन।फलस्वरूप रोजगारमा आत्म सन्तुष्टि पाएका छैनन।

यदि चौतर्फी रूप सबैको युवाहरूलाई स्वरोजगार व्यवस्थापन गर्न गराउन तिर ध्यान पुगेन भने निकट भविष्यमा नै समाजिक , आर्थिक द्वन्द उत्पन्न हुनु को साथै विभिन्न विकृति विसंगतीहरु जन्मन्छन र राष्ट्र नै पूर्णतः पर(निर्भर हुन पुग्दछ ।यस बिषयमा चेतनामुलक कार्यक्रम ल्याउनु को साथै राष्ट्रीय स्तर ब्यापक रूपले बहस हुन जरूरी रहेको छ।

युवाहरूलाई स्थानीय स्रोत साधनमा आधारित रहेर ग्रामीण उद्योग तथा ग्रामीण रोजगारको बेवस्थापन गर्नु उनिहरको योग्यताको अधारमा रोजगारी सृजना गर्नु वाहेक अरु कुनै बिकल्प छैन। युवा हरू बिदेसिदै जाँदा हाम्रो अर्थतंत्र संकटमा पर्न सकने संकेत भई रहेको छ ।हालै अर्थमन्त्रालय को तथ्यांक अनुसार गत वर्ष ब्यापार घाटा ९ खर्ब ९अरब रुपैया पुगेको छ। हाम्रा छिमेकी मुकुक हरू ले हामी भन्दा पछि स्वतन्त्र भएता पनि हाम्रो देश को अर्त्तन्त्र भन्दा सयौँ गुणा ठुलो स्तम्भ कोरी बिश्वमा नै अर्थ धनि देशमा आई रहेका छन ।

रोजगार, व्यापार जस्ता बिषयमा बर्ष पिच्छे नयाँ नयाँ नारा हरू कार्यक्रम हरू सार्वजनिक भएता पनि उपलब्धि भने न्यून रहेको छ ।नेपाल मा स्वरोजगार बेवस्थापन गर्न,राष्ट्रीय स्तर देखी नै व्यवहारीक रूपले ब्यापक आह्वान गर्नु पर्छ ।जनता हरु लाई ग्रामीण स्तरमा उद्योग हरू संचालन गर्न सहजता प्रदान गर्नु पर्दछ ।जनता हरू लाई ग्रामीण स्तरमा उद्योग हरू संचालन गर्न इजाजत प्रदान गर्नु का साथै सीपमुलक तालीम हरू दिने माहौल बनाउनु पर्छ ।

स्थानीय स्रोत हरूलाई उपयोग गर्न युवाहरुले पहिचान गर्नु पर्दछ ।विदेसिने हरू लाई सीपमुकल ब्यवसायिक तालीम दिनु पर्छ ।जनताहरु लाई आत्मनिर्भर,स्वावलम्बी बनाउन को लागि स्वयम जनताहरुले लगानी गर्न सक्नु पर्दछ ।

राम्रो जनचेतना जगायौ भने खास गरि विद्यार्थी भिषामा आउने युवायुवतीहरुको पैसाले स्थानिय स्तरमै राम्रो उद्योग संचालन गर्न सकिन्छ । नेपालमा लगानी कर्ताहरू को कमी छ गाउँ घरमा चाररपांच लाख लगानी गर्नु कुनै ठुलो कुरा होइन । लगानी गरेर नै सामूहिक औद्योगिक रोजगारको सृजना हुन्छ। बिकसित मुलुक हरुमा ठुलो लगानी गर्न सक्ने हरुको संख्या बढ़ी हुनाले नै उनीहरुको आर्थिक स्थितिमा सुधार आएको छ र हामी ऊनि हरूको ग्राहक बन्न विवश भएका छौं ।

त्यसकारण नेपालका राजनितिक दलहरुले युवाहरुलाई राजनितिका कुरा सिकाउनुको साटो विकासको कुरा सिकाउनु र राज्यले उनिहरुला्ई प्रोत्साहान गर्दै गयो भने हाम्रो सुन्दर देश विकास हुन बेर लाग्ने छैन । किनकी युवाहरु अरुको भुमिमा आएर उनिहरुको देशलाइृ विकास गरेका छन भने आफनो देश किन बनाउन सक्दैनन् ?अवस्य सक्छन र त्यसका लागि उत्यसका लागि नेपालमा राजनितिक खिचातानी , सबै भन्दा पहिला बन्द गनृ जरुर िछ । साथै युवाहरुलाइृ स्थानिय स्तरमै सहज पुर्बक ब्यवसाय गर्नका लागि सहज बताबारण सृजना गर्न जरुरी छ ।

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo