तेह्रथुमबाट संघीय र प्रादेशिक निर्वाचनका लागि चार दलका उम्मेदवार सिफारिस

तेह्रथुम, असोज २६ । तेह्रथुमबाट दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले) नेकपा माओवादी केन्द्र)र संघीय समाजवादी फोरम नेपालले उम्मेदवारका आकांक्षीको सूची सिफारिस गरेको जनाएका छन् ।

नाम सिफारिस भएपछि उम्मेदवारीका लागि नेताहरुको दौडधुपसमेत सुरु भएको छ । तेह्रथुममा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको नाम सर्वसम्मत् सिफारिस भएको छ ।

एमालेले सांसद भवानीप्रसाद खापुङ, पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा र पूर्वसभासद् विष्णुमाया विकको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई सिफारिस गरेको छ ।

संघीय समाजवादी फोरमले केन्द्रीय महासचिव रणध्वज कन्दङवा, डिबी सुब्बा, तीर्थ अधिकारी, इन्द्र सुब्बाको नाम पठाएको जनाएको छ । समानुपातिकतर्फ अझै धेरै आकांक्षी देखिएका छन् । कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फ पूर्वसभासद तुलसी सुब्बा, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको छ ।

एमालेले भीमप्रसाद घिमिरे, अर्जुन ढुंगाना र जमुना सुवेदी तथा माओवादी केन्द्रले केन्द्रीय पोलिटब्यूरो सदस्य दुर्गाप्रसाद चापागाइँ र पूर्वविधायक फुर्वी शेर्पाको नाम पठाएको छ । यस्तै, संघीय समाजवादी फोरम नेपालले लोकबहादुर सिंगक, वेदाहाङ कन्दङवा, अस्मिता याख्खा र मानभगत दमाइँको नाम पठाएको जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनतर्फ क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ कांग्रेसले जिल्ला सभापति गोविन्द ढुंगानाको नाम सर्वसम्मत् पठाएको छ । एमालेले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी र पूर्वजिविस सभापति किशोरचन्द्र दुलालको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रले जिल्ला संयोजक इन्द्र इम्सङ र सहसंयोजक गणेशकुमार सेनको नाम पठाएको छ । संघीय समाजवादी फोरमले सूर्य मादेनको नाम सर्वसम्मत् पठाएको छ । यस्तै, समानुपातिकतर्फ नेपाली कांग्रेसबाट अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेलालगायत दर्जनभन्दा बढी नेताहरुको नाम सिफारिस भएको छ ।

एमालेबाट प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली, पिताम्बर तिम्सिना, धर्म खुलाल, गणेश सोदेम्बा, तुलसी अधिकारी, रेनुका भट्टराई र तारा गुरुङको नाम पठाइएको पार्टीले जनाएको छ । यस्तै, माओवादी केन्द्रले दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङको नाम पठाएको छ ।

संघीय समाजवादी फोरमले सर्वजित निङलेकु, नारायणमान गुरुङ र सेमिमा तुम्बाहाम्फेको नाम पठाएको छ । प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले नारायणकुमार इङनाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस गरेको छ ।

एमालेले बाबुराम थापा, सिर्जना लामा र विश्वराज खापुङ तथा माओवादी केन्द्रले सुशीला कन्दङवा, भीमप्रसाद कन्दङवा र ताराप्रसाद भट्टराईको नाम पठाएको जनाएका छन् । संघीय समाजवादी फोरमले भने यो क्षेत्रबाट पनि सर्वसम्मतरुपमा सन्तोष लिम्बूलाई उम्मेदवार बनाउने भएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर–२ मा नै समानुपातिकतर्फ कांग्रेसले गणेश घिमिरे, केशव भेटुवाल, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज, जमुना वर्देवा लगायतको नाम सिफारिस गरेको जनाएको छ ।

एमालेले रामचन्द्र थपलिया, नेत्र पन्धाक र लक्ष्मी कार्की तथा माओवादी केन्द्रले तेजमान कन्दङवा, बलिराज इङनाम र चूडामणि बरालको नाम पठाएको माओवादी केन्द्रले जनाएको छ ।

संघीय समाजवादी फोरमले कपिलदेव सिंगक, सावित्रा राई, सुवीन्द्र थेगुवा र मानध्वज सम्बाहाम्फेको नाम पठाएको छ । जिल्लाबाट राप्रपा, लिम्बुवान्, नेकपा मालेलगायत दलहरुले पनि उम्मेदवारको नाम तय गरिरहेको बुझिएको छ । रासस

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo