बिदेशबाट फर्केपछि बाख्रापालन गरेरै बार्षिक तीन लाख कमाउंदै महाभारतका एक कृषक

धनकुटा खबर । वाख्रा पालन व्यवसायवाट धनकुटा सागुरीगढी गाउँपालिका वडा नं ८ महाभारतका एक स्थानिय कृषकले अहिले वार्षिक तीन लाख वरावरको आम्दानी गर्दै आएकाछन् । झण्डै १६ वर्ष सम्म विदेशमा बसेर फर्किनु भएका महाभारतका पथर सिहं राई वार्षिक तीन लाख वरावरको आम्दानी गर्न सफल हुनुभएको हो ।

उहाँले स्थानिय खरि तथा जमुनापारी जातका माउ बाख्रा, खसि बोका सहित गरि जम्मा ८० ओटा बाख्रा भएको छ । आफनै बारिमा घाँस प्रसस्त हुने भएकोले खनिउ, टाँकी , बडहर जस्ता जातका डाले घाँस बारिमा लगाएर आफुले परम्परागत रुपमै बाख्रपालन गरि रहेको कृषक राईले बताउनु भयो ।

परम्परागत रुपमै वाख्रापालन व्यवसायमा संलग्न राईले यस सम्वन्धि कुनै तालिमहरु लिनुभएको छैन । तर वडाकार्यलयले पशु पालक किसानहरुका सेवाका लागि पशुचिकित्सक र आवश्यक भ्याकेसिनको व्यवस्था गरेको हुँदा व्यवसाय सञ्चालनमा अझ सहज भएको किसान राईको भनाई छ ।

यसरी बाख्रापालन व्यवसाय आर्थिक आम्दानीको हिसावले पनि फाईदाजनक भएको समय समयमा रोग प्रकोप फैलिदा उपचार सेवा पनि गाउमै पाउने भएपछि आगामि दिनमा उन्त बयर जातका करिब ३ सय सम्म माउ बाख्रा पाल्ने आफ्नो योजना रहेको बताउनु भयो ।

यो व्यवसायवाट राम्रै आम्दानी लिन सफल हुनुभएका कृषक राईले आफ्नै देशमा व्यवसायिक रुपमा राम्रो संग काम गर्ने सके घर मै पनि मनग्य आर्थिक आम्दानी गर्न सकिन्ने बाटोहरु प्रस्सत रहेको अनुभव सुनाउनुभयो साथै वहॉंले सरकारको तर्फ बाट पनि बाख्रा पालन व्यवसायमा अनुदानको व्यवस्था भए व्यसायिकरुपमा बाख्रापालनमा संलग्न हुन चाहने अन्य किसानहरुलाई सहज हुने वताउनुभयो ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo