भ्रष्ट र गुण्डाहरुलाई टिकट दिने दलहरुले देशलाई सम्बृद्ध बनाउछ भन्नु घाम पश्चिमबाट उदाउनु हो : रबि

भन्सारमा घुस लिदै सशस्त्र प्रहरी, दीपक मनाङेलाई लाईभ प्रश्न, के भनेर भोट माग्नु हुन्छ ?
घुस खाने होइन घुस घिचनेहरुको लागि स्वर्ग हो नेपाल ! भ्रष्ट र गुण्डाहरुलाई उठाउने दलहरुलाई भोट लगाउनेहरुले आफ्नै निधारमै भविष्य अन्धकार छाप लगाए हुन्छ ।

राजनैतिक दलहरुले जनताले पुरै भेडा मानेका छन् , तिनको पार्टीका नाम र चुनाब चिन्ह लिएर जुनसुकै बुइख्याच्या उठाए पनि जनताले भोट दिएर जिताई हाल्छन् भने सोचेका छन् । कानुनले साधारण सदस्य समेत हुन् अयोग्य बनाएको प्रमाणित भ्रष्टचारी ब्यक्तिहरुलाई टिकट बाड्ने समितिमा मनोनयन हुदा समेत लाज नलागेको भए आफ्नु नामको अघि डाक्टर इन्जीनियर जस्तै नकचरा थप्नुस ।

जनतालाई यतिसम्म ठग्नेहरुले भ्रष्टाचारी ,तस्कर र अपराधीहरुको लागि मात्रै राजनीति गरेको हो देश र जनताको लागि होइन ,यसलाई थप प्रमाणित गरिरहन पर्दैन ।अर्को तिर मान्छे तर्साउने ,अपरहण गर्ने ,गुण्डागर्दी गर्ने र तीर्थस्थल गए जस्तो पटक पटक जेल सजाय भोगेको गुण्डा नाइके भन्दा क्षमतावान ,इमान्दार उमेर्द्वार नभएको पार्टी पनि देख्नु पर्‍यो ।

यस्तो लाजमर्दो अवस्था टुलुटुलु हेरेर बस्ने पार्टीका कार्यकर्ताहरुबाट यो देश सम्बृद्ध हुन्छ भनेर सोच्नु र बिश्वाश गर्नु भनेको घाम पश्चिमबाट उदाउछ भन्नु हो ।जाबो दुई चार भ्रष्टाचारी र गुण्डाहरुलाई थन्को लगाउन नसक्ने पार्टीका नेता र कार्यकर्ताहरुले चुनाब प्रचारप्रसार गर्न जादा लुगा नलगाए पनि हुन्छ किन भन्ने अब यो भन्दा नांगिने ठाउ अब बाँकी छैन ।

चुनाब चिन्ह मात्रै हेरेर छाप हाने हो भन्ने हरेक नेपालीले आफ्नु निधारमा एक एक वटा छाप हाने हुन्छ त्यो छाप हो ‘भविष्य अन्धकार’छाप ।

नयाँ पुराना जुनसुकै दलका उमेरद्वारहरुको इतिहास ,पृष्ठभूमि केहि नहेरिकन चुनाब चिन्ह , पार्टीको नाम मात्रै हेरेर एक गिलाश रक्सि दुई चोक्टा मासुको भरमा भोटको छाप लगाउने हर कोहीलाई पनि महापाप लाग्छ र आफ्नै सन्तानको श्राप लाग्छ ।

यति हुदा पनि चुइंक नबोल्ने सम्बन्धित पार्टीका कार्यकर्ता सम्झेर लाजले रबि लामिछानेले आफ्नु मुख आफै छोपे ।

आजको बिशेषताहरु :-

स्टिंग अप्रेशनमा भन्सारको घुस लिदै सशस्त्र प्रहरी ,दीपक मनाङेलाई लाईभ प्रश्न, के भनेर भोट माग्नु हुन्छ ? अनि विविध बिषयहरु
नेपाली सेना, नेपाल प्रहरी पछि सशस्त्र प्रहरीको पालो आएछ। सिधाकुरामा “सिधा घुस”लिएको दृश्य स्टिगं अपरेशन गरी कैद गरेका छौ।सर्वत्र चर्चामा रहेका दिपक मनागेंसँग केही प्रश्न Live सोधेका छौ।आजको कार्यक्रम खास छ।

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo